सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्व अर्थमन्त्री पाण्डेद्वारा आगलागी भएको पल्पी जुस उद्योगको निरीक्षण


  •    न्युजभित्तो/२८ आश्विन २०७९, शुक्रबार १०:४० 
  • रत्ननगर, असोज २८। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले रत्ननगरमा आगलागी भइरहेको पल्पी जुस उद्योगको स्थलगत निरीक्षण गरेका छन् । चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका पाण्डे उद्योगमा आगलागी भएको थाहा पाएपछि विहानै घटना स्थलमा पुगेका थिए । नेता पाण्डेले उद्योगका सञ्चालक व्यवसायी भेषराज दुवाडीलाई भेटेर क्षतिको विवरण तथा आगलागी हुनुको कारणबारे बुझेका थिए । उनले सञ्चालक दुवाडीलाई विचलित नहुन र धैर्यता अपनाउन समेत आग्रह गरेको पाण्डेका निजी सचिव संजिव पाण्डेले जानकारी दिए ।

    रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज प्रा।लिको पल्पी जुस उद्योगमा शुक्रवार विहान भिषण आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । बिहान साढे तीन बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो निभाउन खैरहनीको दुई र भरतपुरको एउटा दमकल र एउटा डोजर प्रयोग गरिएको छ । उद्योगमा रहेको कच्चा पदार्थ नष्ट भएको र चार वटा मेसिनमा क्षति भएको सञ्चालक दुवाडीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.