सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पादबारे केहि रोचक तथ्य


  •    न्युजभित्तो/२७ आश्विन २०७९, बिहीबार १५:४५ 
  • नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्दछ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ । कहिलेकाहीँ अझ तिखो आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास समस्याको विषय नै बन्दछ । तर विज्ञहरुका अनुसार यसरी ग्यास छाड्नुमा लाज मान्नुपर्ने कुनै कारण छैन । यो त मानिसको पाचन प्रणाली स्वस्थ भएको संकेत हो ।
    तर ग्यास निकै दुर्गन्धित छ र सहनै नसक्ने तरिकाले गन्हाउँछ भने चाहीँ यसले राम्रो संकेत गर्दैन । यसको अर्थ हुन्छ तपाइँको पाचन तन्त्र अस्वस्थ छ । यसरी ग्यास बढि गन्हाउनुको अर्थ कारण तपाइँले यस्ता चिजहरु खाइरहनुभएको छ जसले उच्च मात्रामा हाइड्रोजन सल्फाइड ग्यास उत्पन्न गरिरहेको छ ।शोधकर्ताका अनुसार खासगरी हाइड्रोजन सल्फाइड ग्यासका कारण मलद्वारबाट आउने ग्यासमा गन्ध आउँछ । शोधकर्ताका अनुसार केवल ग्यास छाड्नेलाई मात्र होइन ग्यास सुघ्नेलाई पनि फाइदा हुन्छ । पादमा मिसिएर आउने मिथेन ग्यास सुँघ्नाले मानिसमा विभिन्न खाले रोगको खतरा कम गर्दछ । डिमेन्सिया रोगका बिरामीलाई मिथेन ग्यासले निकै लाभ पूराउँदछ । त्यस्तै हाइड्रोजन सल्फाइड ग्यासले पनि डिमेन्सियाका बिरामीको सरिरमा लाभदायक इन्जाइम उत्पादन गर्न सहयोग पूराउँछ ।

    यस्ता छन् पादबारे केहि रोचक तथ्य
    पेट भित्र रहेको अनावस्यक वायु मलद्वारबाट निष्कासन हुने एक दुर्गन्धित गन्धलाई पाद भनिन्छ । पाद्नु एक सामान्य प्राकृतिक कार्य हो जुन हरेक मान्छेमा हुन्छ । पेटको समस्या तथा ग्यास्ट्रिक भएको मान्छेलाई भने यसको ठुलो प्रभाब हुन्छ ।

    १। एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्दछ भने जीवनभरमा ४०२००० पटक पाद्दछ ।

    २। नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ । यसमा ५९५ नाइट्रोज़न, २१५ हाइड्रोज़न, ९५ कार्बनडाइअक्साइड, ७५ मिथेन, ३५ अक्सिजन तथा १५ अन्य तत्वहरु मिसिएको हुन्छ ।

    ३। पादले हाम्रो ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ ।

    ४। पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक हो, किनभने पादमा रहेको ग्यास मस्तिस्कमा गई टाउको दुख्ने समस्या पनि उत्पन्न हुनसक्छ ।

    ५। ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुल यति ठुलो हुन्छ कि उक्त फोका भित्र एउटा सिंगै घोडा अट्दछ ।

    ६। पृथ्वीमा भएको सबै प्राणी मध्ये धमिराले धेरै पाद पाद्दछ ।

    ७। मध्य युगमा मानिसहरु आफ्नो पाद एउटा खालि भाँडामा पादेर भाँडालाई बन्द गरेर राख्थे, पछी त्यो पादलाई सुघ्यो हने आयु बढ्छ भन्ने अन्दबिश्वास थियो ।

    ८। अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुले पाद्न सक्दैनन्, किनभने अन्तरिक्षमा अन्तारिक्षयात्रिहरुको पेटमा पानि र ग्यासलाई अलग अलग गर्नको लागि गुरुत्वाकर्षण हुदैन ।

    ९। सिमिको तरकारी खाएको दिनमा पाद सबैभन्दा धेरै पटक आउछ ।

    १०। कुकुरले आफ्नो पाद्लाई देख्न सक्छ ।

    ११।पाद पादने बेलामा यसको तापक्रम ९८।६ डिग्री फरेनहाइट हुन्छ । पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ । यस्तो कार्यले कहिले कहीं तपाइलाई चोट पनि पुराउन सक्छ ।

    १२। तपाइले पादेको पादको हावाले बलिरहेको मैनबत्ती सजिलैसंग निभाउन सक्छ, किनभने यसको स्पिड १० फिट प्रति सेकेन्ड हुन्छ ।

    १३। पाद्लाई बासनादार बनाउनको लागी दबाई पनि निर्माण भएको छ, फादर क्रिसमस भन्ने औषधि खानु भयो भने तपाइले पादेको पादमा चकलेट र गुलाबको बास्ना आउने गर्छ ।

    १४। नाइट्रोजन र कार्बनडाइअक्साइड बढी भएको पादमा गन्ध धेरै आउदैन तर त्यस्ता पादहरुको आवाज ठुलो हुन्छ ।

    १६। सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय बिध्यार्थिलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो ।

    १७। कहिले काँही पाद आएको हाम्रो मलद्वारको नशाले पाद र दिसा बीच अन्तर छुट्याउन नसके पादेको बेला थोरै दिसा पनि पाद संगै आउदछ ।

    १८। हाम्रो पादमा हुने १५ हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउदछ ।

    १९। यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहंछ भने त्यो पादको इनर्जी एउटा एटम बम जतिको हुन्छ ।

    २०। चिम्पान्जी धेरै ठुलो आवाज निकालेर पाद्दछ ।

    २१। तपाइलाई यदी पादै पादले भरिएको च्याम्बरमा थुनेर राखियो भने पनि उक्त पादको कारण तपाइको मृत्यु भने हुदैन ।

    २२। हवाईयात्रामा मानिसहरु धेरै पाद्दछ्न, पाद्को दुर्गन्ध कम गर्नको लागी चारकोल फिल्टरको प्रयोग गरिएको हुन्छ ।

    २३। मानिस मरेको ३ घण्टापछी पनि पाद भने आइरहेको हुन्छ ।

    २४। पृथ्वीमा रहेको सबै मानिसहरुले एक सालमा करिब17,000,000,000,000,000 पटक पाद्दछ ।
    एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.