नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले दसैंमा विद्युत अवरुद्ध हुन नदिने
न्युजभित्तो/१७ आश्विन २०७९, सोमबार १२:१२
चितवन,१७ आश्विन। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले दसैंमा विद्युत अवरुद्ध हुन नदिने गरी सेवा दिने भएको छ ।
विद्युत कार्यालय भरतपुरले दसैंको बेलामा पनि इन्जिनियर तथा अन्य प्राविधिकहरुलाई २४ सै घण्टा ड्युटीमा खटाउने भएको हो । दसैंमा विद्युत सेवा अवरुद्ध हुन नदिने र भइहाले तुरुन्तै सेवामा खटिन कर्मचारीहरुलाई ‘स्ट्याण्ड बाई’ राखिएको कार्यालय प्रमुख राजिव सिंहले बताए ।
दसैंमा प्रशासनिक बाहेकको अन्य प्राविधिक कामहरु निरन्तर हुने उनले बताए । ‘हामीले इन्जिनियर र प्राविधिकहरुलाई तयारी अवस्थामा राखेका छौं । कतै समस्या भए तुरुन्तै खटिहाल्छन्’, उनले भने, ‘प्रशासनिक बाहेकको अन्य सेवा प्रभावित हुँदैन ।’ उनले दसैं, तिहार जस्ता चाड पर्वमा सेवा अवरुद्ध नहोस् भनी आलोपालो तरिकाले ड्युटी मिलाईएको बताए ।
कार्यालयका इन्जिनियर राजेन्द्रप्रसाद पौडेलले चाड पर्वको बेलामा विद्युतकै कारण उपभोक्ताहरुले दु:ख नपाउन् भनेर कर्मचारीहरुलाई तयारी अवस्था राखिएको बताए । कर्मचारीहरुलाई बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा ड्युटीमा खटाइने उनले बताए ।
‘विद्युत अत्यावश्यक हो । चाडको बेलामा कसैले दु:ख नपाउन् भनेर हामी स्ट्याण्ड बाई छौं, उनले भने, ‘कही कतै विद्युत सेवा अवरुद्ध भए खबर पाउँ ।’ पौडेल र अर्का इन्जिनियर रुद्रराज विष्ट निरीक्षणमा खटिनेछन् ।
लाइन मर्मत, भरतपुर फ्यूज सेवा, गीतानगर फ्यूज सेवा, नारायणगढ फ्यूज सेवा र मुग्लिन फ्यूज सेवाका लागि कर्मचारीहरुलाई तयारी अवस्थामा राखिएको छ । कार्यालयले दसैंमा ड्युटीमा खटिने कर्मचारीहरुको सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ । विद्युत सेवा अवरुद्ध भए कुनै बेला सम्पर्क गरेर सेवा लिन सकिने कार्यालयले जनाएको छ ।

विद्युत अवरुद्ध भए यि नम्बरमा सम्पर्क गर्नुहोस् :