सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले दसैंमा विद्युत अवरुद्ध हुन नदिने


  •    न्युजभित्तो/१७ आश्विन २०७९, सोमबार १२:१२ 
  • चितवन,१७ आश्विन। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले दसैंमा विद्युत अवरुद्ध हुन नदिने गरी सेवा दिने भएको छ ।

    विद्युत कार्यालय भरतपुरले दसैंको बेलामा पनि इन्जिनियर तथा अन्य प्राविधिकहरुलाई २४ सै घण्टा ड्युटीमा खटाउने भएको हो । दसैंमा विद्युत सेवा अवरुद्ध हुन नदिने र भइहाले तुरुन्तै सेवामा खटिन कर्मचारीहरुलाई ‘स्ट्याण्ड बाई’ राखिएको कार्यालय प्रमुख राजिव सिंहले बताए ।

    दसैंमा प्रशासनिक बाहेकको अन्य प्राविधिक कामहरु निरन्तर हुने उनले बताए । ‘हामीले इन्जिनियर र प्राविधिकहरुलाई तयारी अवस्थामा राखेका छौं । कतै समस्या भए तुरुन्तै खटिहाल्छन्’, उनले भने, ‘प्रशासनिक बाहेकको अन्य सेवा प्रभावित हुँदैन ।’ उनले दसैं, तिहार जस्ता चाड पर्वमा सेवा अवरुद्ध नहोस् भनी आलोपालो तरिकाले ड्युटी मिलाईएको बताए ।

    कार्यालयका इन्जिनियर राजेन्द्रप्रसाद पौडेलले चाड पर्वको बेलामा विद्युतकै कारण उपभोक्ताहरुले दु:ख नपाउन् भनेर कर्मचारीहरुलाई तयारी अवस्था राखिएको बताए । कर्मचारीहरुलाई बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा ड्युटीमा खटाइने उनले बताए ।

    ‘विद्युत अत्यावश्यक हो । चाडको बेलामा कसैले दु:ख नपाउन् भनेर हामी स्ट्याण्ड बाई छौं, उनले भने, ‘कही कतै विद्युत सेवा अवरुद्ध भए खबर पाउँ ।’ पौडेल र अर्का इन्जिनियर रुद्रराज विष्ट निरीक्षणमा खटिनेछन् ।

    लाइन मर्मत, भरतपुर फ्यूज सेवा, गीतानगर फ्यूज सेवा, नारायणगढ फ्यूज सेवा र मुग्लिन फ्यूज सेवाका लागि कर्मचारीहरुलाई तयारी अवस्थामा राखिएको छ । कार्यालयले दसैंमा ड्युटीमा खटिने कर्मचारीहरुको सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ । विद्युत सेवा अवरुद्ध भए कुनै बेला सम्पर्क गरेर सेवा लिन सकिने कार्यालयले जनाएको छ ।

    विद्युत अवरुद्ध भए यि नम्बरमा सम्पर्क गर्नुहोस् :

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.