सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा सञ्चालित सुपथ मूल्य पसल : चिनी नहुँदा रित्तो हात फर्किन वाध्य उपभोक्ता


  •    न्युजभित्तो/१६ आश्विन २०७९, आईतवार १२:५९ 
  • चितवन,१६ आश्विन। चाडपर्वमा सामान्यतया चिनीको माग बढी हुन्छ । दसैं, तिहार र छठ जस्ता चाडपर्वको समयमा सबैको घरमा चिनी प्रयोग हुने परिकार बढी पाक्ने गर्छ । तर यिनै चाडपर्व लक्षित सुपथ मूल्य पसलमा भने चिनी नै छैन ।

    साल्ट ट्रेडिङ कर्पोरेसनले चितवनको नारायणगढमा सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलमा चिनी छैन । असोज १ गतेदेखि सुपथ मूल्य पसलमा सञ्चालन त आयो, तर दुई साता वितिसक्दा पनि चिनी भने आएन ।

    चिनी पाउने आशमा उपभोक्ताहरु सधैं जस्तो सुपथ मूल्य पसल धाउँछन् । तर चिनी नपाउँदा रित्तो हात घर फर्किन वाध्य हुन्छन् । साल्ट ट्रेडिङबाट नै चिनी नआउँदा उपभोक्ताहरुलाई रित्तो हात फर्काउनु परेको कार्यालय प्रमुख वुद्धिविनोद दाहालले बताउँछन् । उनका अनुसार प्राय सबै जस्तो ग्राहक सबै भन्दा पहिला चिनी खोज्छन् । तर चिनी नपाएपछि खाली हात फर्किन्छन् ।

    ‘ग्राहकले पहिला सोध्ने र खोज्ने नै चिनी हो । चिनी नखोज्ने ग्राहक कोही हुँदैनन् । तर चिनी छैन । ग्राहकले चिनी नसोध्ने कोही पनि हुनुहुन्, दाहाल भन्छन्, ‘तर चिनी नै छैन । चिनी नपाएपछि धेरै ग्राहक रित्तो हात फर्किन्छन् ।’ ग्राहकलाई रित्तो हात फर्काउन पर्दा खल्लो लाग्ने गरेको उनी सुनाउँछन् ।

    चिनी नहुँदा व्यापार पनि अपेक्षित हुन नसकेको उनी बताउँछन् । हालसम्मा १० लाख बराबरको मात्रै व्यापार भएको दाहाल सुनाउँछन् । चिनी उपलब्ध गराउन केन्द्रसँग माग गरिएको उनी बताउँछन् । गत वर्ष पनि सुपथ मूल्य पसलमा चिनी अभाव देखिएको थियो ।

    सुपथ मूल्य पसलमा अहिले चामल, दाल, सनफ्लावर तेल, तोरीको तेल, चिउरा, चना, केराउ, मैदा, पिठो, गेडागूडी, साबुन, चियापत्ती, मसला, सर्फलगायतका सामाग्री उपलब्ध छन् ।

    प्रमुख दाहालका अनुसार सुपथ मूल्य पसलमा प्रतिलिटर तेल बजार मूल्य भन्दा ७ रुपैयाँ सस्तोमा पाइन्छ । यस्तै नुन प्रतिकिलो २ रुपैयाँ र चिउरामा ४ रुपैयाँसम्म छुट दिइएको छ ।

    साल्ट ट्रेडिङमा सेफ सनफ्लावर तेल प्रतिलिटर २८५ रुपैयाँ र तोरी तेल प्रति लिटर २७५ रुपैयाँ कायम गरिएको छ । नुनको मूल्यमा प्रति किलो १८ रुपैयाँ र झुरुम चिउरा ८० रुपैयाँ कायम गरिएको छ ।

    साल्ट ट्रेडिङले भान्साघर ५ किलोको ७७० रुपैयाँ, माइतिघर २५ किलोको १ हजार ८४५ रुपैयाँ र मंगलम २५ किलोको १ हजार ९३५ रुपैयाँ कायम गरेको छ ।

    यस्तै चना प्रतिकिलो १०५ रुपैयाँ, हरियो केराउ १२० रुपैयाँ र काबुलि चना १८० रुपैयाँ कायम गरिएको दाहालले बताए । उनका अनुसार मन श्री मैदा २ केजीको १६५, मन श्री पिठो २ केजीको १६०, मन श्री पिठो ५ केजीको ३७०, हिवालिङ पिठो २ केजी १६० र हिवालिङ पिठो ५ केजीको ३५७ रुपैयाँ छ ।

    सुपथ मूल्य पसलबाट नुन प्रतिव्यक्ति अधिकतम ६ केजीसम्म उपलब्ध गराइने उनले बताए । अन्य खाद्यान्न भने ग्राहकले आवश्यक अनुसार लैजान सक्नेछन् । सुपथ मूल्य पसल कात्तिकको १३ गतेसम्म सञ्चालन हुने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.