सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोलाघाट घुम्न आउने पर्यटकको पर्खाइमा थारु होमस्टे


  •    न्युजभित्तो/१४ आश्विन २०७९, शुक्रबार १६:२० 
  • चितवन, असोज १४। राप्ती र नारायणी नदीको संगम भरतपुर–२८ गोलाघाट घुम्न आउने पर्यटकको लागि बस्ने उपयुक्त ठाउँ बनेको छ थारु होमस्टे । चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक मनमोहक सौन्दर्यताको भरपूर आनन्द उठाउन सक्छन् । सस्तोमा पारिवारिक वातावरणमा बस्न र विशेष प्रकारको घ कै खाना खान पाउँछन् ।

    पर्यटनको अत्यन्तै राम्रो सम्भावना बोकेपनि पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाटमा अहिले चहलपहल कम छ । जसको मारमा भरतपुर–२७ मा रहेको होमस्टेमा परेको देवी महतो बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘तीज र जितियामा खासै पर्यटक आएनन् । पानी परेकाले होला एक–दुई जना फ्वाटफुट्ट मात्र देखिए । त्यसपछि पनि खासै राम्रो छैन ।’ १२ वर्षदेखि होमस्टे सञ्चालन गर्दै अउनु भएकी महतोलाई दसैं र तिहारमा भने पर्यटकको आगमन बढ्ने आशा छ ।

    होमस्टे संचालक सेमी महतोले शुक्रबार र शनिबार यहाँ आउने पर्यटकको संख्या सन्तोष जनक रहेको बताउनुभयो । यी दुई दिन कार्यालय र विद्यालय आधा दिन चल्ने तथा बिदा हुने भएकाले बस्ने गरी पर्यटक आउने उहाँको भनाइ छ । अन्य बेला ६ देखि ७ जना त कहिले शून्य पर्यटक हुने गरेको उहाँले बताउनुभयो । भोलिदेखि कार्यालय तथा विद्यालयमा दसैंको बिदा हुने हुँदा गोलाघाट तथा यहाँको थारु होमस्टेमा घुम्ने र बस्नेको संख्या ह्वात्तै बढ्ने उहाँको विश्वास छ ।

    मेघौली थारु होमस्टेका अध्यक्ष सोमबहादुर महतोले पर्यटकको लागि यहाँको गन्तव्य चाडपर्व केन्द्रित भएको गुनासो गर्नुभयो । यसको प्रचारप्रसार र स्थानीयको जीवनस्तर उकास्नको लागि यहाँका ठूला होटल व्यवसायी, पर्यटन विकास समिति लाग्नुपर्ने धारणा राख्नुभयो ।

    बर्खाको समय र चितवन जोड्ने सडकका कारण आन्तरिक पर्यटक आउन नसकेको रुपामाया कुमाले बताउनुभयो । गोलाघाटस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनअन्तर्गतको टिकट काउन्टरमा काम गर्दै आएकी कुमालले अहिले दैनिक ५० देखि ६० जनामात्रै घुम्न आउने गरेको बताउनुभयो । कहिलेकाहीँ यही पनि नहुने उहाँले बताउनुभयो । अफसिजन भएकाले पनि पर्यटकको संख्या घटेको कुमालको भनाइ छ । पानी नपरे सुनसान देखिएको गोलाघाट चाडपर्वमा भरिभराउ हुने उहाँको आशा छ ।
    मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिश्चन्द्र महतोले वर्षाका कारण केहि पर्यटकीय गतिविधिमा रोक लागाएकोले पर्यटक आगमनमा असर परेको बताउनुभयो । ‘अहिले पानी पर्ने मौसम छ । राष्ट्रिय निकुञ्जले डुङ्गा चलाउन दिएको छैन । जीप सफारी, हात्ती सफारीमा पनि रोक लगाएको छ । जुन कुरा हेर्न र अनुभव गर्न पर्यटन यहाँ आउँछन् त्यो नै नभएपछि संख्या घट्ने नै भयो,’ उहाँले भन्नुभयो ।

    अध्यक्ष महतोले बर्खा मौसम पछि भने पर्यटकको संख्या बढ्ने दावी गर्नुभयो । कुनै पनि घटना–दुर्घटना नहोस् भन्ने हिसाबले अहिले पर्यटकीय गतिविधिमा रोक लगाएको जानकारी दिनुभयो । राष्ट्रिय निकुञ्ज, सामुदायीक वन घुम्न आउने पर्यटक बढे होमस्टेसहित साना होटल भरिभराउ हुने उहाँको भनाइ छ । साथै उहाँले यस क्षेत्रका ठूला होटल, रेष्टुरेन्ट तथा लजहरुले पर्यटन प्रवद्र्धनको लागि कुनै सहयोग नगरेको प्रति दुःख व्यक्त गर्नुभयो । यहाँका ठूला पर्यटन व्यवसायीहरु कहाँ बाहिरी देशबाट प्याकेजिङमा पर्यटक आउने भएकाले वास्ता नगरेको गुनासो गर्नुभयो ।

    गोलाघाटमा विशेष गरेर वाइल्डलाइफ (वन्यजन्तु) हेर्नका लागि पर्यटक आउने गर्छन् । निकुञ्जको जङ्गल र दुई नदीको सङ्गम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्तीखोला मिसिएर अगाडि बढ्छ । यहाँ सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा बाह्य पर्यटक आउने गर्दछन् । फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवं भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्तको शानदार दृश्य देखिन्छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल कुनै बस्ती छैन । सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोही यहाँको आकर्षणको केन्द्रबिन्दु रहेको छ । एकान्तमा रमाउन चाहने पर्यटक पश्चिम चितवनमा केन्द्रित हुने गरेको यहाँका व्यवसायी बताउँछन् ।

    मेघौलीमा थारू जातिको पुराना संस्कृतिलाई जोगाउने भन्दै संग्राहलय पनि बनाइएको छ । कुमाल संग्रहालय, कल्चर हाउस, पर्यटन सूचना केन्द्र, राइनो पार्कलगायतका पर्यटकीय संरचना यस क्षेत्रमा बन्दै गरेका छन् । गोलाघाट संस्कृतिको पनि धनी क्षेत्र हो । यहाँ कुमाल, थारू, तामाङ समुदायको बहुल्यता रहेको छ । अहिले कुमाल र थारू समुदायका सांस्कृतिक टोलीहरूले रातको समयमा आफ्नो समुदायको नृत्य तथा गीत प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिने गर्छन् । यहाँको स्थानीय परिकार चिचर, लोकल हास–कुखुरा, घुङ्गिले पनि पर्यटकलाई आकर्षण गरिरहेको छ ।

    यस क्षेत्रमा साना–ठूला गरेर २५ वटा होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन । यहाँ स्तरीय होटलसँगै होमस्टेलाई पनि स्तरीकरण गरिएको छ । यहाँ आउने पर्यटक बस्नको लागि ८ वटा थारु होमस्टे रहेको छ । यसको क्षमता ६० जनाको रहेको छ । यहाँ कुमाल होमस्टे पनि सञ्चालनको क्रममा रहेको रामसिंह कुमालले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.