सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु


  •    न्युजभित्तो/१४ आश्विन २०७९, शुक्रबार १४:०१ 
  • चितवन, असोज १४। मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो ।

    बिहीबार साँझ ६ः५० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल पछाडि सवार साह सडकमा खसेका थिए । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ५५ नम्बरको ट्रकले सडकमा खसेका साहलाई कुल्चिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।मोटरसाइकल चालक भरतपुर–२ बस्ने ३० वर्षीय अकवर साह भने सकुशल रहेको उनले बताए । ट्रक र ट्रक चालक स्याङजा गल्याङ नगरपालिका–८ बस्ने ३२ वर्षीय अर्जुन पचभैया मगरलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.