सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यस्तो बन्दै छ नारायणी नदी किनार, २० करोडको टेण्डर आह्वान


  •    न्युजभित्तो/१४ आश्विन २०७९, शुक्रबार १३:४९ 
  • चितवन, असोज १४। नारायणी नदी किनारलाई तटबन्धनसहितको सौन्दर्यकरण गरिने भएको छ । यसका लागि नारायणी नदी व्यवस्थापन आयोजनाले आज टेण्डर आह्वान गरेको छ ।नारायणी तटबन्धन र सौन्दर्यकरण गर्नलागिएको टेण्डर आह्वान गरिएको शाही बताउँछन् । यो आयोजना नारायणी पुलदेखि नारायणी सिँचाई कार्यालयसम्मको करिव एक किलोमिटरसम्म लागू गरिने छ ।

    भरतपुर महानगरपालिकाले अग्रसरता लिएपछि नारायणी नदी व्यवस्थापन कार्यालयले दशैं अगाडि नै टेण्डर आह्वान गरेको छ । महानगर प्रमुख रेनु दाहालले सी बीच मोडलमा नारायणीलाई विकास गर्ने क्रममा नदीको व्यवस्थापन महत्वपूर्ण भएकाले यो टेण्डर आह्वानले नारायणीको सौन्दर्यकरणलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । ‘यसले नारायणीको सौन्दर्यकरणलाई निकै सहयोग पुग्छ, हामी प्रदेशदेखि संघ सरकारसंग समन्वय गरेर अघि बढिरहेका छौं’–मेयर दाहालले भनिन् ।

    नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख गणेश मरासिनीले नारायणी नदीको कटानलाई रोक्नुको साथै नारायणीलाई व्यवस्थित गर्नका लागि टेण्डर आह्वान गरिएको बताए । ‘अहिले एक किलोमिटर क्षेत्रमा मात्र यो काम सुरु गर्दैछौं, यो सम्पन्न भएपछि अन्य ठाउँमा पनि सुरु गर्नेछौं’–मरासिनीले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.