सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन ३ बाटै चुनाव लड्ने रवि लामिछानेको तयारी


  •    न्युजभित्तो/१२ आश्विन २०७९, बुधबार ११:२५ 
  • चितवन,१२ आश्विन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने भोलि (बुधाबार) चितवन आउँदैछन् । उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको क्षेत्रमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । चितवन क्षेत्र नम्वर ३ मा यसपटक पनि प्रचण्ड निर्वाचन लड्ने तयारी गरिसकेका छन् ।

    सोही क्षेत्र अन्तर्गत पर्ने माडी नगरपालिकाको सभालाई दिउँसो १२ बजे सभापति लामिछानेले सम्बोधन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति धर्मेन्द्र सापकोटाले जानकारी दिए । उनले कार्यक्रममा बृद्धबृद्धालाई सम्मान र थारु जातिको सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिनेछ ।कार्यक्रम माडीको बसन्तपुर बजार स्थित मनकामना पार्टी प्यालेसको हल हुनेछ । लामिछाने चितवनबाटै चुनाव लड्ने तयारीका साथ आउन लागेको पार्टी स्रोतले जानकारी दिएको छ । सम्भवत उनले भोलिनै चितवनबाटै उम्मेदवार बन्ने घोषणा गर्न सक्नेछन् । लामिछानेले अहिलेसम्म कहाँबाट निर्वाचन लड्ने भन्ने औपचारिक घोषणा गरिसकेका छैनन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.