सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा सूचीकृत नगरेको धान लगाउँदा धान पसाएर पनि दाना नलाग्ने समस्या


  •    न्युजभित्तो/११ आश्विन २०७९, मंगलवार १७:१० 
  • चितवन,असोज ११ ।  जिल्लाका किसानले सरकारले सूचीकृत नगरेको धान लगाउँदा धान पसाएर पनि दाना नलाग्ने समस्या देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धनबहादुर थापा मगरका अनुसार पश्चिम चितवनमा यो समस्या देखिएको हो ।

    उहाँले भन्नुभयो,“सूचीकृत नभएका धान र २५ वर्ष पुराना धानको जात लगाउने गर्दा धान पसाए पनि दाना नलाग्ने समस्या देखिएको छ ।” अहिले जिल्लामा सावित्री धान र भारतबाट आयातित चन्दन धानमा समस्या देखिएको हो । चन्दन धान सरकारको सूचीकृत धान नरहेको उहाँले जानकारी दिनुभयो ।थापाका अनुसार जिल्लामा लगाइएको धानको ३० प्रतिशतमा समस्या देखिएको हो । कीराको समस्यासँगै धानमा दाना नलाग्ने समस्या देखिएको हो । सूचीकृत नभएका जात जिल्लाका विभिन्न एग्रोभेटले किसानको सम्म पु¥याउँदा समस्या आएको उहाँले बताउनुभयो । धान पसाउने समयमा पानी पर्दा परागसेचनसमेत हुन नसकेका कारण धान पसाए पनि दाना लाग्न नसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा यसवर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । जिल्लामा उत्पादनमा १० देखि १५ प्रतिशत गिरावट आउने अनुमान गरिएको थापाले बताउनुभयो ।

    किसानको खेतमा अहिलेको धानमा शीत ब्लाइट (पातको फेद डडुवा), नेक ब्लाष्ट (घाँटी मरुवा), ह्वाइट फ्लाइ (सेतो झिङ्गा), युरिया र पोटासको कमीका कारण पहँेलो हुने समस्या र धानमा दाना नलाग्ने समस्या देखिएको छ । उहाँका अनुसार जिल्लाका सातै पालिकामा यो समस्या देखिएको छ ।

    जिल्लामा २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफल धानखेती गरिएको छ । धानमा समस्या देखिएपछि आकस्मिक बाली संरक्षण कार्यक्रम अन्तर्गत विषादी वितरण गरी रोग नियन्त्रणका लागि काम गरिएको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गुणस्तरीय बीउको प्रयोग र प्राविधिकको सल्लाहा अनुसार धान लगाउनुपर्ने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.