चितवन,११ आश्विन। नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर बेपत्ता भएका छन् ।आज (मंगलबार) दिउँसो १२ः३० बजे भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणीमा डुबेर बेपत्ता भएका हुन् ।
धादिङ महाबिरबेशी घर भई हाल देवघाटमा डेरा गरि बस्ने पार्वती अधिकारीका १६ वर्षीय छोरा अभिषेक अधिकारी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीले दिउँसो १ बजे घटना बारे जानकारी पाएको थियो । अधिकारीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।