कैलालीमा धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या
न्युजभित्तो/६ आश्विन २०७९, बिहीबार ११:१६
कैलाली,६ आश्विन। कैलालीमा धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका-५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको आज (बिहीबार) बिहान हत्या भएको हो ।
ललिताको हत्या गरेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन्द्र पाण्डेले जानकारी दिए । ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक अनुसन्धानबाट ललिताको हत्या उनका श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको खुलेको डीएसपी पाण्डेले बताए । रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए । घटनापछि उनी फरार भएका छन् ।