सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इन्डोनेसियामा ६.५ म्याग्निच्युडको भूकम्प, २० जनाको मृत्यु


  •    /९ आश्विन २०७६, बिहीबार २०:१८ 
  • इन्डोनेसिया, (रासस/एएफपी/सिन्ह्वा) । इन्डोनेसियामा बिहीबार आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार सो भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् भने सयौँ विस्थापित भएका छन् ।

    देशको दुर्गम क्षेत्रमा पर्ने मालुकु टापुमा गएको भूकम्पपछि आएको पहिरोमा परी एक जना पुरिएका छन् । भुकम्पबाट त्रसित भएका स्थानीय बासिन्दा दौडिएर घरबाट बाहिर निस्किएका थिए । उनीहरु लामो समयसम्म सडकमै भेला भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

    “कम्तीमा एक सय जना घाइते भएका छन्, दुई हजार भन्दा बढी घरबार विहिन भएका छन्,” राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अगुस विबोवोले भन्नुभयो ।

    उहाँले पछिल्लो विवरण दिदै मृत्यु भएका २० जना मध्ये एक जना नवजात रहेको पनि जानकारी दिनुभयो । अधिकारीहरुका अनुसार एक जनाको हृदयघात भएर मृत्यु भएको छ भने अर्की एक महिलाको मोटरसाइकलबाट खसेर मृत्यु भएको छ ।

    स्थानीय समय अनुसार विहानको समयमा ६.५ म्याग्निच्युडको भूकम्प आएको थियो । झण्डै चार लाख जना सो भूकम्पबाट प्रभावित भएका बताइएको छ ।

    प्रभावित मध्ये अधिकांश त्रसित, कपडामा रगत लागेको, दौडधुप गरेको, सामान्य चोटपटक लागेको, सहयोगको अपेक्षा गरेको लगायतका अवस्थामा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

    स्थानीय समयानुसार बिहान करिब पौने ९ बजे भूकम्प आएलगत्तै मानिस आत्तिएर घर बाहिर निस्केका थिए । स्थानीयबासीका अनुसार भूकम्पका कारण घर निकै जोडसँग थर्किएका थिए ।

    अमेरिकी भूगर्भ विभागका अनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ उक्त भूकम्पको केन्द्र विन्दु रहेको छ । मुख्य भूकम्पपछि अरु एक दर्जन परकम्प गएको र एउटा परकम्प ५.६ म्याग्नीच्यूडको पनि गएको इन्डोनेसियाली भूगर्भ विभागका प्रमुख रहमत ट्रियोनोले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.