सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ


  •    न्युजभित्तो/४ आश्विन २०७९, मंगलवार १५:४३ 
  • चितवन, असोज ४। असोज महिना लागेसँगै दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ भएको छ ।आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँको टीकाको दिन भने भरतपुर आउने टिकट १०० प्रतिशत नै बुकिङ भएको जनाएका हुन् । केही दिन पहिले एयरलाइन्सहरुले दसैँका लागि हवाइ टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म अन्य दिन ८० देखि ८५ प्रतिशत टिकट बुकिङ भए पनि टीकाको दिन भने १०० प्रतिशत नै बुकिङ भएको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ टीकाको दिन भरतपुर आउने टिकट १०० प्रतिशत नै बुक भएको छ । अहिले अनलाइनबाट टिकट काट्ने क्रम बढेकोले पनि समयमा नै टिकट बुकिङ गर्ने क्रम बढेको छ ।’

    भरतपुरमा बुद्ध र गुण एयरलाइन्सले उडान गर्दै आइरहे पनि केही समयअघि देखि गुण एयरलाइन्सले भरतपुर उडान गर्न सकेको छैन । गुण एयरलाइन्सले आगामी आइतबारदेखि दसैँ लक्षित गरेर भरतपुर विमानस्थलमा उडान भर्ने जनाएको छ । बुद्ध एयरले हरेक दिन भरतपुरबाट काठमाडौँ नौवटा उडान गर्दै आएको छ भने भरतपुरबाट पोखरा हप्तामा दुई वटा उडान गर्दै आएको छ । भरतपुरबाट काठमाडौँको हवाइ भाडा चार हजार नौ सय ९० रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.