सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका किसानको चेतावनी: दूध आयातको निर्णय फिर्ता नभए आन्दोलनमा उत्रिन्छौं


  •    न्युजभित्तो/४ आश्विन २०७९, मंगलवार १४:२१ 
  • चितवन,४ आश्विन। चितवनका दूग्ध किसानहरुले विदेशबाट दूध आयातमा लागेको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

    चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संस्थाले आज (मंगलबार) पत्रकार सम्मेलन आयोजना गरेर उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो । सरकारले स्वदेशमा नै लगानी गरेर किसानलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै विस्थापित गर्न खोजेकोप्रति पनि संघले आपत्ति जनाएको छ ।

    २०७५ सालमा नेपालमा विदेशबाट दूध आयातमा रोक लगाईएको थियो । हालै मात्र सरकारले निजी डेरीहरुलाई एक लाख २० हजार लिटर दूध आयातका लागि अनुमति दिएको छ । संघले सरकारको उक्त निर्णयको विरोध गरेको हो ।

    संघका अध्यक्ष रत्नमणी न्यौपानेले दूध आयातको निर्णयमा पुनर विचार गर्न सरकारसँग आग्रह गरे । माग बढे उत्पादन बढाउन किसानहरु तयार रहेको भन्दै उनले सरकारले निर्णय फिर्ता नगरे जस्तो सुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिए । उनले सरकारको उक्त निर्णयमा संघको केन्द्रीय समितिले पनि समर्थन जनाउनु दु:खद भएको समेत बताए ।

    यस्तै उनले किसानसँग उधारो दूध लिएर महिनौंसम्म भुक्तानी नगर्ने निजी डेरीहरुले विदेशबाट दूध ल्याउन लागेको प्रति पनि आपत्ति जनाए । उनका अनुसार चितवनका निजी डिरी व्यवसायीले किसानलाई करोडौं रुपैयाँ तिर्न बाँकी छ ।

    संघका सचिव किशोर बगालेले भारतबाट दूध आयात भए बाटोमा रोकेर नष्ट गरिदिने चेतावनी दिए । ‘बाटो यही हो । आपँटारीमा हुँदै जाने त हो नि । ट्याङ्कर खाली जान्छ कि दूध लिएर जान्छ ख्याल गर्नुहोला’, बगालेले भने ।

    उनले भारतबाट गुणस्तरहीन दूध आयात गर्न लागेको समेत बताए । ‘पटना र यहाँ दूधको मूल्य लगभग बराबर नै छ । पटनाबाट आयात गरेर क्याएको दूध र यहाँको दूधमा कुन सस्तो हुन्छ ? यहाँ सस्तो हुने भएको गुणस्तरहीन दूध हो । गुणस्तरहिन दूध ल्याएर यहाँ बेच्न खोज्ने ?’, उनले भने ।

    उनले माग बढेको हो भने उत्पादन बढाउन किसानहरु तयार रहेको बताए । ‘माग बढेको छ । किसानहरु उत्पादन बढाउन तयार छन् । सरकार उत्पादन बढाउने कार्यक्रम लिएर किसानसम्म पुग्नुपर्‍यो’, उनले भने ।

    चितवनमा ६८ हजार ९११ दूधालु गाई भैंसी छन् । जसबाट दैनिक तीन लाख ५० हजार दूध उत्पादन हुने गरेको छ । चितवनमा उत्पादन हुने दूध यही खपत गरेर ४५ प्रतिशत दूध काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्कीलगायतका जिल्लामा आयात हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.