सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नीजि स्कुलले लिने शुल्क बढाएकोमा अनेरास्ववियु (क्रान्तिकारी)को आपत्ति


  •    न्युजभित्तो/४ आश्विन २०७९, मंगलवार ११:४७ 
  • चितवन, असोज ४। भरतपुर महानगरपालिकाले नीजि स्कुलले विद्यार्थीसँग लिने शुल्क बढाएकोमा अनेरास्ववियु (क्रान्तिकारी)ले आपत्ति जनाएको छ । भरतपुर महानगरपालिकाले केहि दिनअघि संस्थागत विद्यालयले लिने शुल्क २० प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो ।

    निर्वाचन खर्च असुल्ने नियतले नीजि स्कुललाई २० प्रतिशतसम्म शुल्क बृद्धि गर्न दिने महानगरको निर्णय अवैज्ञानिक, अव्यवहारिक र असामान्य रहेको क्रान्तिकारीले बताएको छ ।शुल्क बृद्धि गर्ने निर्णय ७२ घण्टाभित्र खारेज नगरे जस्तोसुकै आन्दोलनको कदम उठाउन संगठन बाध्य हुने अनेरास्ववियु (क्रान्तिकारी) चितवनका संयोजक विकास रसाइलीले प्रेस विज्ञप्ति जारी गरी चेतावनी दिएका छन् ।

    ‘शिक्षालाई निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण गर्ने दलाल पुंजीपति शिक्षा नीतिको अन्त्य गर्नुपर्ने जरुरी देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी र आम जनताको मौलिक हक अधिकार प्रभावित तुल्याउने गरी जुन हेतुले कथित स्थानीय सत्ता र प्याब्सनले शुल्क बृद्धि गरेको छ । त्यसमा हाम्रो संगठन घोर भत्र्सना गर्दछ ।’

    शुल्क बृद्धि गर्ने मनसाय बनाएका अन्य स्थानीय तहलाई समेत शुल्क बृद्धि नगर्न अनेरास्ववियु क्रान्तिकारीले आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.