सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संविधान दिवस : चितवन कारागारका १२ कैदीको कैद मिनाहा


  •    न्युजभित्तो/३ आश्विन २०७९, सोमबार १६:२९ 
  • चितवन,३ आश्विन। संविधान दिवसको अवसरमा कारागार कार्यालय भरतपुरका १२ जना कैदीले कैद मिनाहा पाएका छन् ।

    संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन कारागारका १२ कैदीको कैद मिनाहा गरेकी हुन् । कारागार कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २२ जनाको कैद मिनाहाका लागि सिफारिस गरिएको थियो । जसमध्ये १२ जनाले कैद मिहाना पाएका हुन् ।

    असल चालचलन भएकाहरुलाई कैद मिनाहाका लागि सिफारीस गर्ने गरिन्छ । असल चालचलन र मुद्धाको प्रकृतिका आधारमा राष्ट्रपतिले कैद मिनाहा गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

    चितवन कारागारमा हाल सात सय ५५ जना कैदी बन्दी रहेका छन् । जस मध्ये कैदी पुरुष तीन सय ८३ तथा थुनुवा तीन सय १६ जना रहेका छन् । यस्तै कैदी महिला २९ र थुनुवा २७ जना छन् । यस्तै कारागारमा दुई नाबालिग र नाबालक पनि रहेका छन् । कारागारको क्षमता भने दुई सय ८० जना कैदी बन्दीको मात्रै रहेको छ ।

    कैद मिनाहा पाउने १२ जनानै पुरुष हुन् । आचार्यका अनुसार सवारी ज्यान मुद्दाका आठ, कर्तव्य ज्यान मुद्दाका एक र चोरी सम्बन्धी मुद्दाका तीन जनाको कैद मिनाहा भएको हो । उनीहरु मध्ये १० जनाले ५० प्रतिशत र दुई जनाले ४० प्रतिशत कैद भुक्तान गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.