सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरले बोर्डिङ स्कुलको शुल्क २० प्रतिशत बढाउने


  •    न्युजभित्तो/३ आश्विन २०७९, सोमबार ११:०८ 
  • भरतपुर, असोज ३। भरतपुर महानगरपालिकाले बोर्डिङ स्कुलको शुल्क २० प्रतिशत बढाउने भएको छ । बोर्डिङ स्कुलहरुले असोज १ गतेदेखि विद्यार्थीसँग २० प्रतिशत बढी शुल्क लिन पाउने गरी महानगरले निर्णय गरेको हो । निर्णयको पत्र विद्यालयहरुमा पुगेपछि नयाँ शुल्क कार्यान्वयन हुने भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका अधिकृत दीपक सिग्देलले बताए।

    २०७६ सालपछि अहिले नै संस्थागत विद्यालयको शुल्क बढेको प्याब्सन चितवनले जनाएको छ । प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालले तीन/ तीन वर्षमा शुल्क बढाउने अधिकार भएकोले तीन वर्षपछि बल्ल अहिले शुल्क बढेको बताएका छन् ।

    सामान्यतः २०७६ सालदेखि भरतपुर महानगरका ‘ग’ वर्गका संस्थागत विद्यालयको नर्सरीको शुल्क १४ सय २५ रूपैयाँ छ । ‘ख’ वर्गको संस्थागत विद्यालयको नर्सरीको शुल्क १७ सय ८० छ । ‘ग’ वर्गका संस्थागत विद्यालयको तुलनामा ‘ख’ वर्गका संस्थागत विद्यालयले २५ प्रतिशत शुल्क बढाएर लिन पाउँछन् ।

    अहिले २० प्रतिशत शुल्क वृद्धि गर्दा ‘ख’ वर्गका संस्थागत विद्यालयले नर्सरीको शुल्क २१ सय ३५ रूपैयाँ लिन पाउँछन् । यो मूल्यमा ‘क’ वर्गका विद्यालयले अझ २५ प्रतिशत शुल्क बढाएर लिन पाउनेछन् । चितवनमा ‘क’ वर्गका विद्यालय छैनन् । केही संस्थागत विद्यालयले ‘क’ वर्गको लागि सम्पूर्ण पूर्वाधारदेखि गुणस्तरसम्म पुगेको दाबी गर्दै ‘क’ वर्गको श्रेणी माग गरिरहेका छन् ।

    २०७६ सालमा ‘ग’ वर्गका संस्थागत विद्यालयले कक्षा १० को शुल्क २६ सय ४० रूपैयाँ लिएका थिए । ‘ख’ वर्गका संस्थागत विद्यालयले यसमा २५ प्रतिशत वृद्धि गरेर कक्षा १० को शुल्क ३३ सय लिएका थिए । ‘ग’ वर्गका विद्यालयले लिएको शुल्कमा ‘ख’ ले २५ प्रतिशत बढाएर लिन पाउने अधिकार साबिकको शिक्षा कार्यालयले नै दिएको थियो । अहिले फेरि २० प्रतिशत शुल्क वृद्धि हुँदा अब ‘ख’ वर्गका संस्थागत विद्यालयको कक्षा १० को शुल्क ३९ सय ६० पुग्ने भएको छ ।

    भरतपुर महानगरको शुल्क सिफारिस समितिले विद्यालयको भौतिक अवस्थादेखि शैक्षिक गुणस्तरसम्मको स्तर हेरर अधिकतम २० प्रतिशतसम्म शुल्क वृद्धि गर्ने प्रस्ताव नगर शिक्षा समितिमा पुगेपछि शुल्क वृद्धिको निर्णय भएको हो । अनुगमन गरेपछि कक्षा ११ र १२ को शुल्क पनि कक्षा १० सम्मको सँगसँगै बढाउने तयारी भइरहेको महानगरको भनाइ छ ।

    भरतपुर महानगरपालिकाले शुल्क वृद्धि नगर्दा अन्य पालिकामा पनि शुल्क वृद्धि हुन सकेको छैन । अन्य पालिकाका शिक्षा शाखाहरु भरतपुर महानगरको शुल्कको निर्णय आएपछि सोही निर्णयलाई टेकेर अघि बढ्ने बताएका छन् । पटकपटकको छलफलमा विद्यार्थी संगठनहरुले शुल्क वृद्धिको विरोध गरिरहेका छन् । शुल्क वृद्धि गरेपछि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलब बढाउन सकिने प्याब्सनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.