सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन अपाङ्गमैत्री बनाउन नेत्रहिन युवा सङ्घ नेपाल चितवनको माग


  •    न्युजभित्तो/२ आश्विन २०७९, आईतवार १६:४० 
  • चितवन, असोज २।  यहि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा एबं प्रदेश सभा निर्वाचनलाई अपाङ्गमैत्री बनाउन जिल्लाका सबै राजनैतिक दलसमक्ष माग गरिएको छ । नेत्रहिन युवा सङ्घ नेपाल चितवन शाखाले जिल्लामा कृयाशिल राजनैतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदै अपाङ्गमैत्री वातावरण बनाउन ध्यानाकर्षण गराएका हुन् ।
    सङ्घका जिल्लासचिब किरण पन्तका अनुसार नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, बिबेकशिल साझा पार्टी, राप्रपा र निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।
    प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अपाङ्गता भएका व्यक्तिले सहजै मतदान गर्न मिल्ने गरी व्यवस्था मिलाउनका लागि पहल गर्न दलहरुको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । समानुपातिक निर्वाचन प्रणालीमा दलहरुले नाम सूचिकृत गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रथामिकतामा राखिनुपर्ने, उनीहरुको हक अधिकारका बारेमा आफ्नो घोषणा पत्रमा स्पष्ट उल्लेख हुनुपर्ने, मतदान गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई सहज बातावरण वनाइनुपर्नेलगायत माग ज्ञापनपत्र उल्लेख गरिएको छ ।सङ्घकी जिल्ला कोषाध्यक्ष कोपिला केसीले मतदानस्थलमा स्वयमसेवीका रुपमा कम्तिमा एक अपाङ्गता भएका व्यक्तिलाई समेत परिचालन गर्न दलहरुलाई सुझाव दिइएको बताउनुभयो ।
    ज्ञापनपत्र बुझ्दै दलका नेताहरुले आगामी निर्वाचन अपाङ्गमैत्री बनाउन राजनैतिक दलहरुले प्रतिबद्धता जनाएका उहाँको भनाइ थियो ।

    नेकपा एमालेका बाग्मती प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुर्तेलले एमालेले यसअघि पनि अपाङ्गका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढेको र आगामी दिनमा पनि पहल गर्ने बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सचिव सूर्य अर्यालले आफ्नो दल लोकतन्त्रमा आस्था राख्ने पार्टी भएकाले अपाङ्गमैत्री निर्वाचन गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । अपाङ्गका समस्या समाधान गर्न दलहरुमार्फत निर्वाचन आयोगलाई दवाव दिने उनीउहाँहरुको भनाइ थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.