सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा चार्डपर्व लक्षित सुरक्षा योजना, सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन


  •    न्युजभित्तो/३१ भाद्र २०७९, शुक्रबार १५:४४ 
  • चितवन,३१ भाद्र। जिल्लामा चाड पर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चाडबाड र चुनाव लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको हो ।

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एवं दसैँ, तिहार लक्षित गरी सुरक्षा योजना बनाइएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । अन्य समयमा पनि सुरक्षा कायममा कुनै कमी नभएको तर चाडबाडमा मानिसको आवतजावत र भीडभाड बढी हुने भएकाले थप सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए ।

    विगतका वर्षमा जस्तो यो वर्ष चाडपर्वको समयमा हुने अपराध नियन्त्रणले मात्रै नपुग्ने उनले बताए । निर्वाचनको समय नजिकिँदै गएकाले निर्वाचनमा सो समयमा हुनसक्ने आपराधिक गतिविधिलाई समेत मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको उनले जानकारी दिए ।

    बढ्दो अपराधका प्रवृत्तिबारे हरेक गाउँटोलमा स्थानीय प्रहरीको सहकार्यमा सचेतनाको कार्यक्रम लैजाने तयारीमा कार्यालय रहेको छ । चितवनका मुख्य बजार क्षेत्र र आपराधिक हिसाबले जोखिम क्षेत्रमा प्रहरीले गस्तीलाई प्राथमिकता दिएको छ । राजनीतिकर्मीले पनि चाडबाडको अवसर पारेर चुनावी गतिविधि बढाउने भएकाले यसपटक चुनावसम्मका लागि योजना बनाइएको अधिकारीको भनाइ छ । चाडपर्वसँगै निर्वाचन लक्षित गतिविधिमा हुने घटना नियन्त्रणका लागि जिल्लामा छ सय प्रहरी परिचालन गर्न लागिएको छ ।

    रात्रिकालीन सवारीमा आवश्यकताअनुसार सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन गरिने उनले जानकारी दिए । चाडबाडको समयमा बैंक तथा वित्तीय क्षेत्र र भीडभाड हुने स्थानमा आर्थिक अपराध हुने गरेको भन्दै यस क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाइएको छ । त्यस्तै, सुनचाँदी पसल केन्द्रित गरेर सुुरक्षा प्रदान गरिएको छ । सादा पोसाकमा हुने प्रहरीले रेकी गर्ने र कुनै स्थानमा घटना भएमा तत्काल प्रहरी परिचालनका लागि क्युआरटी (क्विक रेस्पोन्स टिम) नै बनाएर काम गरिएको उनले बताए ।

    चितवन प्रहरीले चाडबाडको समयमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीको समन्वयमा मुख्य र भित्री सडकमा आवश्यक मात्रामा सुरक्षा जनशक्ति खटाइने, मादक पदार्थ सेवन, अत्यधिक यात्रु सवारलगायत कारणले चाडबाडको समयमा बढी दुर्घटना हुने गरेको भन्दै विशेष ध्यान दिइएको छ ।

    चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने अधिकारीले बताए । उनले भने, “केन्द्रीय बस ट्रमिनल, पुलचोक, पोखरा बसपार्क र मुग्लिनमा यात्रु सहायता कक्ष राख्ने तयारी गरिएको छ ।” यस पटक चाडपर्व सुरक्षा योजनामा थम जनशक्तिका लागि सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायसँग समेत समन्वय गरिने उनले जानकारी दिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.