चितवन,२९ भाद्र। नारायणगढको कमलनगरस्थित एक जुत्ता पसलमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ कमलनगरस्थित जुत्ता पसलमा (मंगलबार) राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको हो ।
स्थानीय तेज नारायण चापागाईको ट्रस र ब्लकले बनेको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिई संचालन गर्दै आएको ओम ब्याकेन सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
आगलागीबाट पसलमा रहेका सबै जुत्ता चप्पल चलेर नष्ट भएको छ । आगलागीबाट मानविय क्षति भने भएको छैन भने स्थानीय, प्रहरी र दमकलको सहायताले राती १२ बजे आगो नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको प्रवक्ता पण्डितले बताए ।