बालदिवसको अवसरमा कामनासेवा विकास बैंकद्वारा आश्रित बालिकालाई सहयोग
न्युजभित्तो/२९ भाद्र २०७९, बुधबार ०८:३१
चितवन, २९ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा कामनासेवा विकास बैंकले आश्रित बालिकालाई सहयोग हस्तान्तरण गरेको छ । बैंकले भरतपुरको नौरंगमा रहेको साहाराको घरमा आश्रय लिईरहेका बालबालिकालाई हिजो मंगलबार सहयोग हस्तान्तरण गरेको हो ।
बैंकले बालिकालाई १८ वटा झोला, स्टेशनरी सामानहरु –कपि, पेन्सिल, कटर, इरेजलर, कलर लगायत सामग्री सहयोग गरेको छ । बैंकका नारायणगढ क्षेत्रीय प्रबन्धक शिवकुमार ढकाल, नारायणगढ शाखा प्रबन्धक एवं कलस्टर हेड निश्चलकुमार मानन्धर लगायत बैंकका कर्मचारीहरुको उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बैंकका कर्मचारी र बालबालिकासँगै केक काटेर खाँदै खुशी बाँडिएको थियो । साहाराको घरकी आमा कुशुम तिवारीका अनुसार १८ जना छोरीहरुले यहाँ आश्रय लिईरहेका छन् । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा यस्ता गतिविधि गर्दै आएको छ ।