सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक महिनाभर विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै कालिका एफएम


  •    न्युजभित्तो/२८ भाद्र २०७९, मंगलवार १८:०८ 
  • चितवन, २८ भदौ । कालिका एफएमले आफ्नो २०औं बार्षिकोत्सवको अवसरमा महिनाव्यापी कार्यक्रम गर्ने भएको छ । एफएमले आज आयोजित पत्रकार सम्मेलनको आयोजना गरी विगतका कार्यक्रमलाई निरन्तरता दिँदै, केहि नयाँ कार्यक्रम गर्ने जनाएको हो ।

    स्थापनाकालदेखि नै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ । महिनाब्यापी रुपमा आयोजित बार्षिक उत्वसवका कार्यक्रमहरुमा स्रोता लक्षित, समाजका प्रवुद्ध ब्यक्तिहरुको सहभागिता रहने खालका कार्यक्रमहरु रहेका छन् । समाज र राष्ट्रको हितमा निरन्तर आफ्ना कार्यक्रम र सूचनाहरु प्रसारण गर्दै आईरहेको मिडिया आगामी दिनमा पनि कटिबद्ध भई लाग्ने कालिका एफएमका निर्देशक दिपक पौडेलले बताउनुभयो ।

    विगतमा कालिका मिडियाले भाषा, कला, धर्म, सँस्कृतिको क्षेत्रमा गरेका राष्ट्रिय स्तरका बृहत्त कार्यक्रमहरुले भिन्न पहिचान र अस्तित्व निर्माण गरेको छ । सोको निरन्तरताका लागि यसपाली पनि सोही अनुरुपका कार्यक्रमहरुको आयोजना गरिएको पौडेलले बताउनुभयो ।

    यसबर्ष बार्षिकोत्सवका बेला दशैँ, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तथा प्रतिकुल मौसमका कारण चुस्त दुस्त बनाईएको छ । विगतमा हुँदै आएको म्यूजिक अवार्ड केही महिना पछि गरिने बताईएको छ । बार्षिक उत्सवमा विभिन्न क्षेत्रलाई लक्षित गरी यसपटक ८ वटा कार्यक्रम तय गरिएको छ । यो बर्ष थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव कार्यक्रम नयाँ कार्यक्रमका रुपमा ल्याइएको छ ।

    असोज १ गते देवघाटधाममा रहनुभएका जेष्ठ नागरिक सम्मान गरी बार्षिकोत्सवका कार्यक्रमको सुरुवात गरिने निर्देशक पौडेलले जानकारी दिनुभयोे । उहाँका अनुसार, असोज ३ गते संविधान कार्यान्वयन तथा चुनौती विषयक अन्तक्र्रिया, ४ गते थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव, असोज १५ गते बृहत साहित्यिक जमघट कार्यक्रम, २२ गते अन्तर कर्मचारी डण्डिवियो प्रतियोगिता हुनेछ । त्यस्तै दशै बहारः कालिका उपहार कार्यक्रम असोज १० गतेदेखि सुरुभई २२ गतेसम्म सञ्चालन हुनेछ । असोज २६ गते सांगीतिक कार्यक्रम तथा बार्षिकोत्सव समापन समारोह हुनेछ ।

    ‘आवाजविहीनहरूको आवाज’ बनेर २०५९ सालमा चितवनबाट प्रशारण गर्दै आएको कालिका एफएमले मनोरञ्जनका लागि कालिका एफएम ९१ मेगाहर्जबाट २०६४ देखि निरन्तर गीतसंगीत प्रसारण गर्दै आएको छ, भने एकता, शान्ति र संस्कारको संवाहकको नारा तय गर्दै विगत ९ वर्षदेखि टिभी कालिका एचडीको प्रसारण गर्दै आएको छ । पछिल्लो पटक समयको मागलाई मध्यनजर गर्दै कालिका न्युज डटकमको अनलाईन समेत सञ्चालनमा छ ।

    २००० वाट क्षमताको ट्रान्समिटर र अत्याधुनिक उपकरणबाट प्रशारणमा रहेको कालिका एफएमलाई रेडियो, इन्टरनेट, एप लगायतका माध्यमबाट सुन्न सकिन्छ । प्रविधिको विकाससँगै हाम्रो पात्रो, नेपाली पात्रो लगायतका रेडियो सुन्न मिल्ने विभिन्न एपबाट सहजै रुपमा विश्वका धेरै ठाउँबाट सुन्न सकिने व्यवस्था गरिएको छ । नेपाली सञ्चारमाध्यमहरुमा अनलाइनमा सर्वाधिक श्रोता रहेको रेडियोका रुपमा कालिका अग्रपंक्ति रहेको निर्देशक पौडेलले बताउनुभयो । नेपाली रेडियोहरुको इतिहासमै अनलाइनमा एकैसाथ एक लाख बढी श्रोताले सुन्ने एक मात्र रेडियोका रुपमा कालिका एफएम चिनिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.