काठमाडौं,भदौ २८। यस वर्ष विद्युत् पुग्ने नेपाल विद्युत् प्राधिकरण कावासोती शाखाका इञ्जीनियर निश्चल अधिकारीले जानकारी दिए । “अधिकांश क्षेत्रमा विद्युत् पुगेको छ, केही वडा बाँकी रहेका छन्”, उनले भने, “बाँकी रहेका वडामा समेत यसै वर्ष विद्युतीकरणको काम सकिन्छ ।”
गण्डकी प्रदेश सरकारको ‘उज्यालो गण्डकी प्रदेश’ योजनाअनुसार सबै क्षेत्रमा विद्युत् पु¥याउने लक्ष्यअनुसार नवलपुरमा समेत विद्युतीकरणको काम तीब्र छ । उहाँका अनुसार मुख्य गरी विद्युत् नपुगेका पहाडी क्षेत्रका गाउँपालिका बुलिङटार र बौदिकालीका केही वडामा अहिले पनि विद्युतीकरणका लागि काम चलिरहेको छ । बौदिकालीका वडा नं ५ र ६ मा विद्युतीकरणका लागि धेरै बाँकी रहेको उनले बताए ।
पहाडी क्षेत्रमा बाटोको समस्याले विद्युत् वितरण गर्न समस्या देखिए पनि धेरै स्थानमा तार, पोल पु¥याउने काम सकिएकाले मिटर जडानको काम मात्रै बाँकी रहेको इञ्जीनियर अधिकारीले बताए । “नयाँ बस्ती थपिँदै जाँदा थप काम रहन्छ नै, तर भएका हालका हरेक क्षेत्रमा विद्युत् पु¥याउन हामी केन्द्रित छौँ”, इञ्जीनियर अधिकारीले भने, “अहिले पनि पहाडका विभिन्न स्थानमा तार पोल पु¥याइएको छ, चाँडै बत्ती बाल्ने काम हुन्छ ।”