चितवनको मञ्जुश्री दाना उद्योगमा आगलागी, डेढ करोड क्षती भएको दावी
न्युजभित्तो/२४ भाद्र २०७९, शुक्रबार १२:१२
चितवन, भदौ २४। राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा विद्युत् सर्ट भई आगालागी भएको छ । कुखुराको दाना भएको उक्त उद्योगमा आगलागी हुँदा अन्दाजी एक करोड पचास लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।शुक्रबार बिहान १ः४० बजेको समयमा लागेको आगो ईलाका प्रहरी कार्यालय भण्डारा, दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ः२० बजेका समयमा पुर्ण रूपमा नियन्त्रणमा आएको हो ।
आगलागीबाट दाना बनाउन प्रयोग हुने मेसिन, बिजुलिका सामान, गोदाममा भएको दाना लगाएतमा क्षती भएको गोदाम धनी किरण वलिको दावी रहेको छ । ईलाका प्रहरी कार्यालयका अनुसार मानवीय क्षती भने भएको छैन ।