सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौँपछि पोखरामा पनि चल्यो महानगरको डोजर


  •    न्युजभित्तो/२३ भाद्र २०७९, बिहीबार १२:१८ 
  • पोखरा,२३ भाद्र। काठमाडौँ महानगरपालिकापछि पोखरामा पनि महानगरले डोजर चलाएको छ । काठमाडौँ महानगरका मेयर बालेन साहले अबैध संरचना हटाउने अभियान जारी राखेसंगै यसको सकारात्मक असर पोखरामा पनि देखिएको हो ।

    पोखरा महानगरले महेन्द्रपुलस्थित भाडामा लगाइएकाे आफ्नै संरचना हटाएकाे हो । भवन पूरानाे भएकाले जीर्ण रहेकाे र लामो समयदेखि व्यवसायीले भाडा बापतको रकम पनि नतिरेपछि ती भवनमा महानगरले डाेजर चलाएकाे हाे ।

    पाेखराका मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी लगायतकाे टाेली डाेजरसहित बुधबार बिहानै महेन्द्रपुल पुगेका थिए । पटक-पटक सूचना जारी गर्दै व्यवसायीलाई उक्त स्थान खाली गर्न महानगरले आग्रह गरेकाे थियाे ।

    महेन्द्रपुल चोकका ती भवनमा सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरीसहित ३२ सटरमा व्यापार व्यवसाय हुँदै आएपनि सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन बाँकी रहेपछि महानगरले डोजर चलाएको हो ।

    लायन्स क्लब अफ पाेखरा लेकसिटीले २ वटा सटर भाडामा लगाई सार्वजनिक शाैचालय समेत अर्कैलाई चलाउन दिएर रकम असुल्दै आएकाेमा अव उक्त भवन हटाएपछि सो ठाउँमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको वडाध्यक्ष मर्सानीले सुनाए ।

    यस्तै पोखराको सार्वजनिक ग्यालरी भत्काइएपछि अब आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वीचोकस्थित ट्राफिक भवन भएको स्थानमा सारिने भएको मेयर आचार्यले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.