जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत जाँदै पल
न्युजभित्तो/२२ भाद्र २०७९, बुधबार १५:५७
काठमाडौँ, भदौ २२। जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध अभिनेता पल (पूर्णविक्रम) शाह उच्च अदालत जाने भएका छन् । नवलपुरको फैसलाविरुद्ध शाहाले उच्च अदालत पोखरामा पुनरावेदन दिने भएका हुन् ।नाबालिक बलात्कार अभियोग लागे शाहलाई मंगलबार नवलपुर जिल्ला अदालतले यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले बताएका छन्।