सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट गर्ने दुई व्यक्ति पक्राउ


  •    न्युजभित्तो/२० भाद्र २०७९, सोमबार ११:४० 
  • चितवन, भदौ २०। प्रहरीको नक्कली परिचय पत्र देखाएर आइसक्रिम तथा कुल्फी विक्री गर्ने भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कालिका नगरपालिका–८ जुटपानी–शक्तिखोर सडकखण्डको गैरिवारीचोकबाट ना ३५ प ६५२० नम्वरको स्कुटरसहित विशाल पौडेल र विजय महतलाई शनिबार पक्राउ गरिएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

    भदौ १८ गते बिहान करिब साढे ११ बजेको समयमा कालिका–८ गैरीवारीमा आईसक्रिम तथा कुल्फि बेच्दै हिँडेका भारतीय नागरिक ४७ वर्षीय विरेन्द्र साहलाई उनीहरुले ‘हामी प्रहरी हो’ भनि प्रहरीको नक्कली कार्ड देखाई धाकधम्की दिई नगद पाँच हजार ४०० रुपैयाँ डाँका गरी भागेका थिए ।डाँका गर्ने मानिसको खोज तलास गर्ने क्रममा सोहि दिन साढे १ बजे आरोपितहरुलाई स्कुटर र प्रहरी सहायक निरीक्षक बिशाल पौडेल लेखिएको नेपाल प्रहरीको परिचय पत्रसहित प्रहरीले पक्राउ गरेको हो । निजहरूलाई चोरी तथा डाँका सम्बन्धि कसूरमा चितवन जिल्ला अदालतबाट ५ दिनको म्यादथप भई अनुसन्धान कार्य भइरहेको अधिकारीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.