सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट गर्ने दुई व्यक्ति पक्राउ


  •    न्युजभित्तो/२० भाद्र २०७९, सोमबार ११:४० 
  • चितवन, भदौ २०। प्रहरीको नक्कली परिचय पत्र देखाएर आइसक्रिम तथा कुल्फी विक्री गर्ने भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कालिका नगरपालिका–८ जुटपानी–शक्तिखोर सडकखण्डको गैरिवारीचोकबाट ना ३५ प ६५२० नम्वरको स्कुटरसहित विशाल पौडेल र विजय महतलाई शनिबार पक्राउ गरिएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

    भदौ १८ गते बिहान करिब साढे ११ बजेको समयमा कालिका–८ गैरीवारीमा आईसक्रिम तथा कुल्फि बेच्दै हिँडेका भारतीय नागरिक ४७ वर्षीय विरेन्द्र साहलाई उनीहरुले ‘हामी प्रहरी हो’ भनि प्रहरीको नक्कली कार्ड देखाई धाकधम्की दिई नगद पाँच हजार ४०० रुपैयाँ डाँका गरी भागेका थिए ।डाँका गर्ने मानिसको खोज तलास गर्ने क्रममा सोहि दिन साढे १ बजे आरोपितहरुलाई स्कुटर र प्रहरी सहायक निरीक्षक बिशाल पौडेल लेखिएको नेपाल प्रहरीको परिचय पत्रसहित प्रहरीले पक्राउ गरेको हो । निजहरूलाई चोरी तथा डाँका सम्बन्धि कसूरमा चितवन जिल्ला अदालतबाट ५ दिनको म्यादथप भई अनुसन्धान कार्य भइरहेको अधिकारीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.