नारायणगढ–मुग्लिन सडकको ठाउँ–ठाउँमा पहिरो, बाटो खुल्न कम्तिमा छ घण्टा लाग्ने
न्युजभित्तो/१६ भाद्र २०७९, बिहीबार ११:२२
चितवन, भदौ १६। गएरातीदेखि परिरहेको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न स्थानमा पहिरो गएको छ । प्राप्त जानकारी अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने १६ किलो, १८ किलो र केरावारीमा ठूलो पहिरो खसेको छ।केराबारीमा अहिलेसम्मकै ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
बाटो खुलाउन कम्तिमा छ घण्टा लाग्ने उनले बताए । सडक डिभिजनसँग समन्वय गरेर बाटो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ ।पहिरो खसेपछि आज बिहान करिब ५ः५० बजेदेखि नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध छ । १६ किलोमा सडक भासिएको स्थानीयले बताएका छन् । सवारी साधनहरुलाई मुग्लिन, कुरिनटार, जुगेडीमा रोकिएको छ ।