आगामी निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन–३ को प्रदेश सांसदमा इञ्जिनियर घिमिरेको दाबी
न्युजभित्तो/१५ भाद्र २०७९, बुधबार १६:०४
चितवन, भदौं १५। चितवन क्षेत्र नम्बर ३ ‘ख’ को प्रदेश सांसदमा प्रत्यक्षतर्फ इञ्जिनियर शिवहरि घिमिरेले आफ्नो दाबी प्रस्तुत गर्दै निवेदन दिएका छन् ।घिमिरेले आज नेपाली कांग्रेस क्षेत्रीय समितिमा आफ्नो दाबीसहित निवेदन दिएका हुन् ।
भरतपुर महानगरपालिका–२१ पार्वतीपुर निवासी घिमिरे २०५१ सालमा इञ्जिनियर अध्ययन संस्थान पोखरामा नेपाल विद्यार्थी संघबाट स्ववियु सभापतिमा निर्वाचित भएका थिए । निरन्तर इञ्जिनियरहरुको पेसागत संघ र राजनीतिमा सक्रिय रहँदै आएका उनी कांग्रेसको १४ औं महाधिवेशनबाट वाग्मती प्रदेश प्रतिनिधिमा छनोट भएका थिए । अहिले उनी नेपाली कांग्रेस चितवन–३ ‘ख’ को प्रवक्ता रहेका छन् ।
नेपाल इञ्जिनियरिङ एशोसिएसन चितवनका पूर्वसचिव रहेका घिमिरे अहिले उपसभापतिको रुपमा कार्यरत छन् । इञ्जिनियर घिमिरेले देशभर युवाको माहोल आएकोले समाजसेवा र विकास निर्माणलाई अगाडि बढाउन प्रदेश सांसदमा आफ्नो दाबी प्रस्तुत गरेको बताए ।
चितवन, भदौं १५। चितवन क्षेत्र नम्बर ३ ‘ख’ को प्रदेश सांसदमा प्रत्यक्षतर्फ इञ्जिनियर शिवहरि घिमिरेले आफ्नो दाबी प्रस्तुत गर्दै निवेदन दिएका छन् ।घिमिरेले आज नेपाली कांग्रेस क्षेत्रीय समितिमा आफ्नो दाबीसहित निवेदन दिएका हुन् ।
भरतपुर महानगरपालिका–२१ पार्वतीपुर निवासी घिमिरे २०५१ सालमा इञ्जिनियर अध्ययन संस्थान पोखरामा नेपाल विद्यार्थी संघबाट स्ववियु सभापतिमा निर्वाचित भएका थिए । निरन्तर इञ्जिनियरहरुको पेसागत संघ र राजनीतिमा सक्रिय रहँदै आएका उनी कांग्रेसको १४ औं महाधिवेशनबाट वाग्मती प्रदेश प्रतिनिधिमा छनोट भएका थिए । अहिले उनी नेपाली कांग्रेस चितवन–३ ‘ख’ को प्रवक्ता रहेका छन् ।
नेपाल इञ्जिनियरिङ एशोसिएसन चितवनका पूर्वसचिव रहेका घिमिरे अहिले उपसभापतिको रुपमा कार्यरत छन् ।
इञ्जिनियर घिमिरेले देशभर युवाको माहोल आएकोले समाजसेवा र विकास निर्माणलाई अगाडि बढाउन प्रदेश सांसदमा आफ्नो दाबी प्रस्तुत गरेको बताए ।