सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारीको पत्रकार कल्याणकारी कोषमा तीन जनाको जन्मदिनमा २५ हजार संकलन


  •    न्युजभित्तो/१५ भाद्र २०७९, बुधबार १०:५६ 
  • चितवन, १५ भदौ । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका धमाधम सहयोग संकलन भएको छ । हालै जन्मदिन परेका तीन जनाले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

    प्रेस चौतारीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज प्रतिमा सिलवालले पाँच हजार रुपैयाँ, जिल्ला अध्यक्ष सुवास पण्डितले १० हजार रुपैयाँ र वैदेशिक रोजगारीका लागि हाल जापानमा रहनु भएका मिलन पौडेलले १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । लामो समयसम्म चितवनमा बसेर पत्रकारिता गर्नुभएका पौडेल प्रेस चौतारी चितवनका सदस्य हुनुहुन्छ ।

    चितवनका पत्रकारहरुको संरक्षण र क्षमता विकासका लागि प्रेस चौतारीले पत्रकार कल्याणकारी कोषको स्थापना गरेको छ । पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नु पर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा कोषको रकमले उपचार गरिने अध्यक्ष पण्डितले बताउनुभयो । तर त्यसको लागि प्रेस चौतारी चितवनको सदस्य वा चितवनको क्रियाशील पत्रकार हुनुपर्ने प्रावधान रहेको छ ।

    प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको र यसको पक्षमा संघर्षरतलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । प्रेस चौतारी आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ उपलब्ध गराइएने उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.