सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रौतहटमा चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु


  •    न्युजभित्तो/१४ भाद्र २०७९, मंगलवार १०:४५ 
  • रौतहट, १४ भदौ । रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका ३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।

    चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीय सुदनीया देवी,७० वर्षीय जगिया कुमारी र १८ वर्षीय मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुण सिंहले जानकारी दिए । मृतक मध्ये सुदनीया र जगिया एउटै परिवारको रहेको डीएसपी सिंहले जानकारी दिएका छन ।

    चट्याङ लागेर एउटै गाउँको एकैपटक तीनजनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलीदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.