सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विभागले भन्यो : नारायणी नदीको वहाब उल्लेख्य बढ्न सक्छ, सतर्कता अपनाउनुहोस्


  •    न्युजभित्तो/११ भाद्र २०७९, शनिबार १७:१६ 
  • चितवन, ११ भदौ । नारायणी नदीको बहाब आज र भोलि उल्लेख्य बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले नारायणीमा पानीको बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको हो ।

    विभागले नारायणीका सहायक नदीहरुको बहाब बढ्न सक्ने भएकोले सर्तकता अपनाउन अनुरोध गरिएको जनाएको छ । भोलि बाग्मती र लुम्बिनी प्रदेशका नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाबसमेत हुन सक्ने पूर्वानुमान विभागको छ । देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको भइरहेको छ।

    आज दिउँसो चितवनसहित बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । राती प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान विभागको छ ।

    भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    (सांकेतिक तस्वीर)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.