सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नक्सा बोकेरै पुगे मेयर बालेन शाह,अल्फाबिटाको अवैध संरचनामा चल्यो डोजर


  •    न्युजभित्तो/९ भाद्र २०७९, बिहीबार १६:४५ 
  • काठमाडौं, भदौ ९। काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएको छ। अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काउँदै छ। बिहीबार मेयर बालेन शाहले दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए।

    बालेन, नगर प्रहरी, नेपाल प्रहरी लगायतका टोली घटनास्थल पुगेका थिए।कम्प्लेक्सले संरचना भत्काउन छ/सात दिनको समय माग्दा काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रहरी नायब महानिरीक्षकले मीरा चौधरीले त्यति दिनको समय दिन नसक्ने बताइएकी थिइन्। ‘बिहान कुरा गर्दा अनधिकृत संरचना नभएको भन्ने र अहिले समय चाहियो भनेर दुइटा कुरा गर्न मिल्दैन’, उनले भनिन्। बालेनले सबैलाई ३५ दिनको समय दिएको र अब रोक्न नसक्ने बताएका थिए। ‘हामीले आजै आएर भनेका होइनौं,’ उनले भने, ‘त्यो काम तपाईंहरूको हो।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.