सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्पतालबाट फरार नख्खु कारागारका कैदी लुभुबाट पक्राउ


  •    न्युजभित्तो/९ भाद्र २०७९, बिहीबार १४:४६ 
  • काठमाडौं,९ भाद्र। त्रिवि शिक्षण अस्पतालबाट फरार भएका ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका कैदी ललितपुरको लुभबाट पक्राउ परेका छन्।

    कर्तव्य ज्यानको कसुरमा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका रामेछापका ३८ वर्षीय भोला बुढाथोकी बुधबार अस्पतालबाटै फरार भएका थिए। उनले गोजीमा हत्कडी राखेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई आज ९बिहीबार० बिहान पक्राउ गरेको हो।

    बिरामी भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल ९टिचिङ० लगिएकोमा उनी अस्पतालबाटै फरार भएका थिए। उनी एक हातमा हत्कडी नै भएको अवस्थामा फरार भएका थिए।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयले नख्खु कारागारको सुरक्षाका लागि खटिएका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको थियो। उक्त घटनालाई लिएर कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत निलम्बन गरिएको छ। 

    बुढाथोकी फरार भएको घटनाको सन्दर्भमा छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) देबेन्द्र बहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको थियो।

    उनी २०७२ सालमा रामेछाप कारागारबाट नख्खु कारागार आइपुगेका थिए। २० वर्ष कैद सजाय सुनाइएका बुढाथोकीले १० वर्ष कैद भुक्तान गरिसकेका छन्। 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.