सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मासिए चितवनका अर्ना, ६ वर्षमै २३ को मृत्यु


  •    न्युजभित्तो/८ भाद्र २०७९, बुधबार ११:३१ 
  • चितवन,भदौं । चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्ष अवधिमा २३ वटा अर्ना मरेका छन्। प्रजाति थप्ने भनेर कोसीटप्पु वन्यवन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट तीनवटा अर्ना ल्याइएको थियो। चिडियाखानाबाट ल्याइएका तीनवटा तत्कालै मरे। बाँकी १२ र तिनबाटै जन्मिएका आठवटा बच्चा निकुञ्जले जोगाउन नसकेको हो।

    संरक्षणमा गम्भीर नहुँदा चितवन राष्ट्रिय निकुञ्ज अर्नाविहीन भएको छ। ‘कुनै प्रजाति सारेपछि रोग, खानेकुरा, वासस्थानको लामो समयसम्म अनुगमन र व्यवस्थापन गर्नुपर्छ।

    संरक्षणमा गम्भीर नहुँदा चितवन राष्ट्रिय निकुञ्ज अर्नाविहीन भएको छ। ‘कुनै प्रजाति सारेपछि रोग, खानेकुरा, वासस्थानको लामो समयसम्म अनुगमन र व्यवस्थापन गर्नुपर्छ।

    बजेट पनि त्यहीअनुसार हुनुपर्छ’, राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वप्रमुख रामकुमार अर्याल भन्छन्, ‘अर्ना सक्षम नभएसम्म रोग, समस्या, ठाउँको निरन्तर अनुगमन हुनुपर्छ। प्रजाति ल्याउने, त्यसको लागी बजेट व्यवस्थापनको नीति नहुँदा पनि समस्या भएको हो।’

    निकुञ्जभित्रको पुरानो पदमपुरमा इन्क्लोजर अर्थात् खुला खोर बनाइएर राखिएको थियो। उक्त संरचना ४५ हेक्टर क्षेत्रफलमा बनाइएको थियो। बाघ, भालु, गैंडा, हात्तीबाट जोगाउन फराकिलो क्षेत्र समेटेर तारजालीले घेरिएको थियो। तर, बाँकी रहेका अर्ना पनि इन्क्लोजरको नियमित रेखदेख नहुँदा बाघ पसेर गत साता मारिदियो।

    पानी छिर्ने ठाउँबाट पसेर बाघले तीनवटै खाएको अनुमान निकुञ्जका कर्मचारीले गरेका छन्। अघिल्लो साउनदेखि मंसिरसम्म १० अर्ना मरेका थिए। केही २०७४ सालको बाढीमा परे। केही बाघको आक्रमण र केही प्राकृतिक कारणले मरे। निकुञ्जले स्याहारसुसार गर्न नसकेको संरक्षणकर्मी बताउँछन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.