सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मासिए चितवनका अर्ना, ६ वर्षमै २३ को मृत्यु


  •    न्युजभित्तो/८ भाद्र २०७९, बुधबार ११:३१ 
  • चितवन,भदौं । चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्ष अवधिमा २३ वटा अर्ना मरेका छन्। प्रजाति थप्ने भनेर कोसीटप्पु वन्यवन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट तीनवटा अर्ना ल्याइएको थियो। चिडियाखानाबाट ल्याइएका तीनवटा तत्कालै मरे। बाँकी १२ र तिनबाटै जन्मिएका आठवटा बच्चा निकुञ्जले जोगाउन नसकेको हो।

    संरक्षणमा गम्भीर नहुँदा चितवन राष्ट्रिय निकुञ्ज अर्नाविहीन भएको छ। ‘कुनै प्रजाति सारेपछि रोग, खानेकुरा, वासस्थानको लामो समयसम्म अनुगमन र व्यवस्थापन गर्नुपर्छ।

    संरक्षणमा गम्भीर नहुँदा चितवन राष्ट्रिय निकुञ्ज अर्नाविहीन भएको छ। ‘कुनै प्रजाति सारेपछि रोग, खानेकुरा, वासस्थानको लामो समयसम्म अनुगमन र व्यवस्थापन गर्नुपर्छ।

    बजेट पनि त्यहीअनुसार हुनुपर्छ’, राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वप्रमुख रामकुमार अर्याल भन्छन्, ‘अर्ना सक्षम नभएसम्म रोग, समस्या, ठाउँको निरन्तर अनुगमन हुनुपर्छ। प्रजाति ल्याउने, त्यसको लागी बजेट व्यवस्थापनको नीति नहुँदा पनि समस्या भएको हो।’

    निकुञ्जभित्रको पुरानो पदमपुरमा इन्क्लोजर अर्थात् खुला खोर बनाइएर राखिएको थियो। उक्त संरचना ४५ हेक्टर क्षेत्रफलमा बनाइएको थियो। बाघ, भालु, गैंडा, हात्तीबाट जोगाउन फराकिलो क्षेत्र समेटेर तारजालीले घेरिएको थियो। तर, बाँकी रहेका अर्ना पनि इन्क्लोजरको नियमित रेखदेख नहुँदा बाघ पसेर गत साता मारिदियो।

    पानी छिर्ने ठाउँबाट पसेर बाघले तीनवटै खाएको अनुमान निकुञ्जका कर्मचारीले गरेका छन्। अघिल्लो साउनदेखि मंसिरसम्म १० अर्ना मरेका थिए। केही २०७४ सालको बाढीमा परे। केही बाघको आक्रमण र केही प्राकृतिक कारणले मरे। निकुञ्जले स्याहारसुसार गर्न नसकेको संरक्षणकर्मी बताउँछन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.