सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनबाटै चुनाव लड्ने तयारीका साथ दुई मन्त्री लिएर आए प्रचण्ड


  •    न्युजभित्तो/८ भाद्र २०७९, बुधबार १०:५६ 
  • चितवन, भदौ ८। चितवनबाटै प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक गृहजिल्ला चितवन आएका छन् । प्रचण्ड चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्ने तयारीका साथ दुई मन्त्रीलाई लिएर चितवन आएका हुन् । गठबन्धन दल नेपाली कांग्रेस चितवनका नेताहरुले भने यस पटक चितवन छाड्न प्रचण्डलाई आग्रह गर्दै आएका छन् ।

    चुनावको मुखमा जनतालाई आश्वासन दिने हिसाबले प्रचण्डले वनमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मत इस्तियाक राईलाई लिएर आएका हुन् । उनी चितवन आएलगत्तै आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको माडी जाँदै छन् । माडीको विकास निर्माणमा निकुञ्जले अवरोध गर्दै आएको छ । प्रचण्डले निकुञ्ज ऐन संशोधन गर्न नसकेको भन्दै माडीवासी प्रचण्डप्रति असन्तुष्ट छन् ।

    माडीमा उनले पुलको उद्घाटनदेखि लिएर कार्यकर्तालाई प्रशिक्षण समेत दिँदै छन् । माडी नगरपालिकाको मेयर यस पटक नेकपा एमालेले जितेको छ । मेयर विपक्षी पार्टीको भएका कारण माडीलाई सुरक्षित बनाउन प्रचण्ड माडीमा केन्द्रित भएका हुन् । मन्त्रीसहित आएका प्रचण्डले माडीबासीलाई पुनः नयाँ आश्वासन दिने देखिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.