सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा बन्दको आंशिक प्रभाव


  •    न्युजभित्तो/७ भाद्र २०७९, मंगलवार १३:३६ 
  • चितवन,७ भाद्र । चितवनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ।बन्दका कारण चितवनको नारायणगढ बजार बिहानैबाट सुनसान रहेको छ । नारायणगढ बजारका एकाध बाहेक अधिकांश पसलहरु बन्द रहेका छन् । यस्तै भरतपुरका पनि अधिकांश पसलहरु बन्द रहेका छन् ।

    पसलहरु बस्तारै खुल्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यस्तै चितवन हुँदै गूड्ने लामो दुरीका सवारी साधनहरु चलिरहेको जिल्ला ट्राफिक प्रमुख धर्मबदाहुर अधिकारीले बताए । छोटो दुरीका सवारी साधन भने फाट्टफुट्ट चलिरहेको उनके बताए । ‘बन्दको प्रभाव आंशिक छ । पूर्व पश्चिमबाट आउने गाडीहरु रोकिएका छैनन्। छोटो दुरीका गाडीहरु चाहिँ फाट्टफुट्ट चलेका छन्’, उनले भने । मोटरसाइकल भने निर्वाध रुपमा चलिरहेका छन् ।

    यता प्रहरीले बन्द गराउँदै हिड्ने सात जनालाई पक्राउ गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै ६ वटा सवारी साधनमा तोडफोड समेत भएको छ ।नेत्रविक्रम चन्द ‘विप्लव नेपाल कम्युनिष्ट पार्टीसहित चार दलले तत्कालिन केपी ओलीको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । सहमति कार्यान्वयन गर्नुको साटो उल्टै नेकपाका नेता कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै आज बन्द गरेको हो ।उनीहरुले नेकपासँगको सहमति कार्यान्वयनसँगै एमसिसी सम्झौता खारेज गर्नुपर्ने, बढ्दो महंगी र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र आफ्नो नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्धा खारेज गर्नुपर्ने माग राखेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.