चितवन,७ भाद्र। चितवन प्रहरीले अवैध सालको काठसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहारुमा भरतपुर महानगरपालिका ११ का २८ वर्षीय मन्जिल श्रेष्ठ, सोही स्थानका २७ वर्षीय अनमोल तामाङ, भरतपुर २ का २४ वर्षीय अभिषेक मगर र सोही स्थानका २५ वर्षीय सुवास श्रेष्ठ रहेका छन् ।
भरतपुर ११ स्थित सडकमा अवैध रुपमा ७.३१ क्युफिट सालको काठ साईकलमा लोड गरी ल्याईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।