सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन सहित विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला


  •    न्युजभित्तो/६ भाद्र २०७९, सोमबार १४:५८ 
  • काठमाडौं, भदौ ६। चितवन, कास्की, पर्वत, म्याग्दी, मकवानपुर, नवलपरासी (पश्चिम), र भक्तपुरमा सात जना मृत अवस्थामा फेला परेका छन् ।सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का २८ वर्षीय राज कुमार सुनार मृत अवस्थामा फेला परेका छन् । उनी पोखरा महानगरपालिका–१४ कदम मार्गस्थित आफ्नै डेरामा मृत अवस्थामा फेला परेका हुन् ।

    चितवनको माडी नगरपालिका–३ सिमरागाउँ बस्ने ७५ वर्षीय झगरु महतो सोही नगरपालिका–६ हरिनगरस्थित रिउ खोलाको काँस घारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    पर्वतको पैयुँ गाउँपालिका–७ भोर्ले बस्ने ९२ वर्षीया नन्दी देवी भट्टराई सोही ठाउँस्थित सेती खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट कसैलाई जानकारी नगराई हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

    म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला लेवाङस्थित बाटोमा गोरखा अजिरकोट गाउँपालिका–४ घर भई हाल टुण्डी हाईड्रोपावरमा काम गर्ने ४५ वर्षीय होमनाथ दवाडी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    मकवानपुरको थाहा नगरपालिका–३ स्थित सृजनाबस्तीको खोल्सामा सोही ठाउँ बस्ने ७० वर्षीया उजेली सुनार आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

    नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–३ घोडपाली बस्ने बर्कत मियाँको ७ वर्षीय छोरा फिरोज मियाँ आफ्नै घर नजिकको पोखरीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    भक्तपुरको मध्यपुर ठिमी नगरपालिका सल्लाघारी ९९ रोपनीस्थित होमपाईपमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.