सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको यती डिस्टिलरीले मदिरा उत्पादन क्षमता बढायो, कुल पुँजी झण्डै दुई अर्ब पुग्यो


  •    न्युजभित्तो/५ भाद्र २०७९, आईतवार १५:३५ 
  • काठमाडौं, भदौं ५। चितवनको यती डिस्टिलरी प्रालीले सस्तो मदिरा पनि उत्पादन गर्ने भएको छ ।ओल्ड दरबार, ब्ल्याक चिम्नी, ८८४८ भोड्का र पासपोर्ट उत्पादन गर्दै आएको यो उद्योगले २५ देखि ७० युपीसम्मको मदिरा समेत उत्पादन गर्ने भएको हो ।

    केही दिन अघि बसेको औद्योगिक प्रवर्द्धन बोर्डको बैठकले उद्योगको क्षमता वृद्धिको स्वीकृति दिएपछि यतीले सस्तो मदिरा पनि उत्पादन गर्ने भएको हो ।

    उद्योगको २९ लाख ८० हजार कुल पुँजी वृद्धि गरी एक अर्ब ६२ करोड पु¥याइएको छ । यस्तै उत्पादन क्षमता पनि बढाएर २ करोड ३६ लाख ५२ हजार एलपी लिटर पु¥याइएको छ ।

    उद्योगले २५ देखि ३० युपीको मदिरा १ करोड ८ लाख लिटर उत्पादन गर्नेछ । यस्तै ४० युपीका मदिरा १ करोड ५१ लिटर उत्पादन गर्ने लक्ष्य लिइएको छ । ७० युपीसम्मको मदिरा २ करोड १६ लाख लिटर उत्पादन गर्ने लक्ष्य लिएको छ ।

    बैठकले एसियन ब्रुअरीलाई शर्तसहित पुनः सचालन अनुमति दिएको हो। मन्त्रालयका अनुसार यो उद्योगलाई हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालन अनुमति दिएको हो ।

    अनुमति म्याद थप भएको २ वर्ष भित्र उद्योग दर्ता एवम् निर्माण कार्य सकेर व्यावसायिक उत्पादन सुरु गरिसक्नु पर्नेछ। यसअघि मापदण्ड अनुरुप भए÷नभएको उद्योग विभागले अनुगमन गर्न सक्नेछ।

    उद्योगको अनुमति पाएको व्यक्तिको नाममा उद्योगले व्यवसायिक उत्पादन नगरेसम्म २० प्रतिशत सेयर कायम रहनुपर्नेछ। यसो नभएको खण्डमा उद्योगको लाइसेन्स स्वतः खारेज हुनेछ। यस्तै नेपाल सरकारलाई तिर्नुपर्ने बुझाउनु पर्ने कर राजस्व जरिवाना सबै बुझाउनु पर्नेछ।

    यसैगरी नवलपरासी रामग्राम नगरपालिकामा रहेको अरुणा डिस्टिलरीको पुँजी वृद्धि गरेको छ । कम्पनीको पुँजी ११ करोड ४० लाखबाट बढाएर २९ करोड ९० लाख पुर्‍याइएको छ। जसमा स्थिर पुँजी ७ करोड ४० लाखबाट १८ करोड ९१ लाख पुर्‍याइएको छ। चालु पुँजी एक करोड १० लाखबाट दुई करोड ५९ लाख पुर्‍याइएको छ ।

    यस्तै उद्योगको उत्पादन क्षमता पनि बढाइएको छ । बेल्डेड लिक्वर वार्षिक ४ लाख ५० हजार लिटर उत्पादन गर्नेछ। एक्स्ट्रा न्युट्रल अल्कोहल वार्षिक १३ सय ५० किलोलिटर, रेक्ट्रिफाइड स्प्रिट ३४ सय ६० किलोलिटर र कार्बनडाइ अक्साइड ३८ सय मेट्रिकटन उत्पादन गर्नेछ।

    यसैगरी धादिङ जिल्ला गल्छी गाउँपालिका वडा न ४ मा अवस्थित विभिन्न किसिममा मदिरा उत्पादन गर्ने नेचुरल स्प्रिटको पुँजी तथा क्षमता वृद्धि गरिएको छ ।

    यो उद्योगको कुल पुँजी ९५ लाख ५९ हजारबाट ४४ करोड ४ लाख वृद्धि गरी ४५ लाख पु¥याएको छ। चालु पुँजी ९ करोड ४२ लाख थप गरी १० करोड पु¥याइएको छ ।

    बेल्डेड लिक्वर १२ करोड लिटर उत्पादन गर्ने अनुमति दिइएको छ । यसैगरी धनुषा जिल्लामा रहेको छिन्नमस्ता डिष्टिलरी प्रालिको प्रस्ताव अनुसार पुँजी वृद्धि तथा क्षमता वृद्धि स्वीकृत भएको छ । यो उद्योगको कुल पुँजी एक करोड ९ लाख ९० हजारबाट बढाएर २४ करोड पु¥याइएको छ । जसमा स्थिर पुँजी १७ करोड २८ लाख वृद्धि गरी १८ करोड पुगेको छ । यसैगरी चालु पुँजी ५ करोड ६१ लाख वृद्धि गरी ६ करोड पुगेको छ ।

    यसैगरी वार्षिक उत्पादन क्षमता पनि बढाइएको छ । यो उद्योगले बेल्डेड लिक्वर २ लाख ५० हजार लिटरबाट बढाएर १६ लाख एलपी लिटर पु¥याइएको छ। यस्तै एक्ट्रा न्युट्रल अल्कोहल र रेक्टिफाइड २ हजार किलोलिटर पुगेको छ।

    यस्तै बाँके जिल्लाको न्यु एभरेष्ट उद्योग प्रालिको पनि क्षमता वृद्धि गरिएको छ । प्रालीको कुल पुँजी १० करोड ८१ लाखबाट वृद्धि गरी २० करोड पु¥याइएको छ । जसमा स्थिर पुँजी ३ करोड ३७ लाख थप गरी १३ करोड ५० लाख पुगेको छ भने चालु पुँजी ५ करोड ८२ लाख वृद्धि गरी ६ करोड ५० लाख पुगेको छ । यस्तै उत्पादन क्षमता बढाएर ७५ लाख एलपी लिटर पुर्‍याइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.