सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ


  •    न्युजभित्तो/५ भाद्र २०७९, आईतवार १३:१५ 
  • काठमाडौं, भदौ ५। काठमाडौं, मुगु र तनहुँबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिव ५ केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–१ बस्ने २८ वर्षीय सरोज कुमार साह र २२ वर्षीय नबिन मगर छन् । उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

    धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख २८८३ नम्बरको टिपरलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा टिपरको सिट मुनि लुकाई ल्याएको उक्त गाँजा सहित टिपरका चालक सरोज र सहचालक नबिनलाई पक्राउ गरेको हो ।

    मुगुको छायाँनाथ रारा नगरपालिका–२ ढाँडमोडबाट ५ ग्राम ७ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–१ सितापुर बस्ने २६ वर्षीया पबित्रा बिसी थापा छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पबित्रालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेबाट करिब २ केजी गाँजासहित स्याङ्जा वालिङ नगरपालिका राममाच्छ बस्ने २५ वर्षीय अनिल गुरूङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग।१ ख ९६२१ नम्बरको माईक्रोबसलाई अस्थाई प्रहरी पोष्ट कोत्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबसमा सवार अनिललाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.