सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा ८५ करोडको लगानीमा पाँचतारे स्तरको रिसोर्ट बनाइँदै


  •    न्युजभित्तो/३ भाद्र २०७९, शुक्रबार १४:५२ 
  • चितवन, भदौ ३ । पर्यटकीय क्षेत्र सौराहामा ८५ करोडको लगानीमा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिपु’ सञ्चालनमा आउने भएको छ । गैरआवासीय नेपाली तथा व्यवसायी रामेश्वर साहको लगानीमा उक्त रिसोर्ट सञ्चालन गर्न लागिएको हो । साहले अन्तर्राष्ट्रिय हस्पिटालिटी व्यवसायमा स्थापित फ्रान्सेली ब्राण्ड लुभ्र होटल्स ग्रुपसँगको सहकार्यमा रिसोर्ट सञ्चालन गर्न लागेका हुन् ।उनको केटीएम हस्पिटालिटिमार्फत निर्माणाधीन ‘रोयल टुलिप रिसोर्ट’ डेढ वर्षअघि सौराहामा साधारण बुटिक रिसोर्टको रुपमा निर्माण सुरु भएको थियो । तर, काम गर्दै जाँदा पाँचतारे रिसोर्ट सञ्चालन गर्ने सोच बनेको साहले बताए ।

    चितवनमा एउटै पनि पाँचतारे होटल तथा रिसोर्ट नरहेको र एउटै प्रकृतिका होटेल चल्ने र खुल्ने गरेकोले फरक खालको अन्तर्राष्ट्रिय चेन होटल सञ्चालन गर्न आफूले लगानी विस्तार गरेको साहले बताए ।

    उनले भने, ‘अहिले ६४ कोठाको पाँचतारे रिसोर्टको निर्माणको कार्य हुँदैछ । अर्को बर्षको दशैंसम्म सञ्चालनमा ल्याउने योजनाका साथ कामहरु भइरहेको छ ।’ साहले थपे, ‘बहुर्राष्ट्रिय ब्रान्ड यहाँ यसको व्यवस्थापनको लागि आउँदै छ । यसरी ब्रान्डले व्यवस्थापन गरेको होटल चितवनमा एउटा चाहीं छ । तर त्यो पाँचतारे होइन् । हामीले निर्माण गरिरहेको पाँचतारे स्तरको रिसोर्ट हो ।’

    कुल ३४ रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा २२ वटा भवनमा पाँच प्रकारका कोठाहरु हुनेछन् । चितवनमा लोकल ब्रान्डका होटलहरु मात्र रहेकोमा रोयल टुलिपु पहिलो विदेशी ब्रान्डको रिसोर्ट हुनेछ ।

    रिसोर्टमा आगन्तुकले डुंगा सयर, जलमहलको बास, स्विमिङ पुल, हेल्थ क्लब, स्पा, चिल्ड्रेन पार्क, एमपी थियटर पदयात्रा मार्ग, आफ्नै बेकरी सहितको ग्रिल बार, रेष्टुरेण्ट र सांस्कृतिक कार्यक्रम जस्ता सेवाहरु पाउने छन् ।

    केटिएम हस्पिटालिटिका अध्यक्ष साहले पर्यटन क्षेत्र सदैव नेपालीको अर्थतन्त्रको बलियो खम्बा भइरहँदा कोभिड महामारीले अकल्पनीय क्षति पुर्याएको बताए । यद्यपि नेपालमा पर्यटनको ठूलो संभावना रहेकाले गुणस्तरीय होटल तथा रिसोर्टहरुको धेरै आवश्यकता रहेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.