माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन
न्युजभित्तो/३ भाद्र २०७९, शुक्रबार १२:००
काठमाडौँ, भदौ ३। नेकपा माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन।पार्टी कार्यालय पेरिशडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकमा पदाधिकारी चयन गर्ने भनिए पनि पदाधिकारी टुंगो लगाउन नसकेको हो ।प्रवक्ता कृष्णबहादुर महराले शनिबार दिउँसो १ बजे पुन: स्थायी समिति बैठक बस्ने जानकारी दिए। त्यस्तै माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन।