नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा
न्युजभित्तो/१ भाद्र २०७९, बुधबार १०:४१
चितवन, भदौ १। कालिका नगरपालिका–९ जुटपानीस्थित कयर खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा प्रयोग गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले एक स्काभेटर, दुई टिपर र दुई ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गरिरहेको अवस्थामा प्र.३–०१–००३ क ७६७९ नम्बरको स्काभेटर, ना ८ ख २५७१ र ना ८ ख ८५८८ नम्बरको टिपर, ना ७ त २६३२ नम्बर र नम्बर प्लेट नभएको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएका सवारी साधनलाई कालिका नगरपालिकाको कार्यालय पठाइएको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।