चितवनमा गुड्ने सवारी साधनले एक हप्ताभित्र अनिवार्य डस्टबिन राख्नु पर्ने
न्युजभित्तो/३१ श्रावण २०७९, मंगलवार १६:०५
चितवन,साउन ३०। चितवन जिल्ला भित्र सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा अनिवार्य रुपमा डस्टबिन राख्नु पर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको समन्वयमा सोमवार बसेको सरोकारवालाको वैठकले साना, ठूला सबै सवारी साधनमा डस्टबिन राख्नु पर्ने निर्णय गरेको हो । योगदान राष्ट्रको लागि नामक संस्थाको अगुवाईमा दुर्घटना न्यूनिकरण तथा स्वच्छ वातावरण हाम्रो सरोकार भन्ने नारालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको योगदान राष्ट्रको लागि संस्थाका केन्द्रिय सल्लाहकार रितु गिरीले जानकारी दिइन्।
वागमती प्रदेशका यातायात मन्त्री धनश्याम दाहालको विशेष उपस्थितिमा भएको वैठकमा साना ठूला यातायातका व्यवसायिक संगठनका प्रतिनिधिहरू,जिल्ला ट्राफिक कार्यालय प्रमुख,महानगर यातायात शाखा प्रतिनिधि एवम योगदान राष्ट्रको लागि संस्थाको केन्द्र,जिल्ला र नगर प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।