त्रिशूलीमा खस्यो इँटा बोकेको ट्रक, चालक र सह चालक सकुशल
न्युजभित्तो/२८ श्रावण २०७९, शनिबार ११:१९
चितवन, २८ साउन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजे ना ७ ख ७१०३ नं. को ट्रक त्रिशूलीमा खसेको हो।
उक्त ट्रकका चालक र सह चालक प्रहरीको सम्पर्कमा आएको र उनीहरु सकुशल रहेको प्रहरीको भनाई छ । मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो। ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेको छ । ट्रकलाई नदीबाट बाहिर निकाल्ने प्रयास जारी रहेको छ।