सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुलधारमा समावेश हुन असन्तुष्ट नेता कार्यकर्तालाई कांग्रेस चितवनको आह्वान


  •    न्युजभित्तो/२७ श्रावण २०७९, शुक्रबार ११:४९ 
  • चितवन, साउन २७। नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले स–सम्मान पार्टीको मुलधारको राजनीतिमा समावेश हुन असन्तुष्ट नेता कार्यकर्तालाई आह्वान गरेको छ ।विहीबार एक विज्ञप्ती जारी गर्दै पार्टीले उक्त आह्वान गरेको हो । जिल्ला सभापति राजेश्वर खनालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ–‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवन सवै तहका नेता साथीहरुलाई स–सम्मान पार्टीको मुलधारको राजनीतिमा समावेश हुन र पार्टी हित विपरित कुनै पनि अभियानमा संलग्न नहुन र नगराउन यसै विज्ञप्ति मार्फत हार्दिक आव्हान गर्दछ ।’

    निकट भविष्यमा हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनलाई पार्टीभित्रको गतिबिधिले पक्कै पनि सहयोग नगर्ने भन्दै लोकतान्त्रिक पार्टीमा वाद–विवाद र विचार–विमर्श चलिनै रहने विज्ञप्तीमा भनिएको छ। बिज्ञप्तिमा अघि भनिएको छ–‘हामी चाहन्छौ, लोकतान्त्रिक विधि र पद्धती अनुरुप पार्टीका आन्तरिक फोरमहरुमा वैचारिक वहसको प्रारम्भ गरौं र असहमतिका वीचबाट पनि सहमतिको खोजी गरौं ।’

    सभापति खनालले मुलधारको राजनीतिक क्रियाकलापलाई व्यवस्थित र परिपक्क बनाउदै सहमति र एकताको वाटो अवलम्वन गर्दै एउटै राष्ट्रिय संकल्प र दुरदृष्टीका साथ राजनीतिक र शासकीय स्थिरताका लागि प्रयत्न गर्न पनि आग्रह गरेका छन ।

    सहजीकरणको जिम्मा ६ नेतालाई

    यसैबीच पार्टीको विश्वस्त स्रोतबाट प्राप्त जानकारी अनुसार समस्या समाधानमा सहजीकरण गर्न ६ नेतालाई जिम्मेवारी दिइएको छ । जसअनुसार चितवन क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका पूर्वसभापति शेषनाथ अधिकारी, महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी र डा. तिर्थ खनियाँ, क्षेत्र नम्बर २ र ३ मा पूर्वसभापति एवं वर्तमान केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ, केन्द्रीय सदस्य दिनेश कोइराला र पूर्व सभापति रामकृष्ण घिमिरे खटिनेछन् । छिटो भन्दा छिटो यो समूहले परिणाम प्राप्त गर्ने पार्टीको बिश्वास छ ।
    गत स्थानीय निर्वाचनदेखि नेपाली काँग्रेस चितवनमा असन्तुष्टिहरु बढ्दै गएका हुन् । यसबिचमा सयौँको संख्यामा नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.