सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा शतप्रतिशत धान रोपाइँ, गत वर्ष उत्पादकत्व घटेर ३.५९ मात्रै


  •    न्युजभित्तो/२६ श्रावण २०७९, बिहीबार १६:४२ 
  • चितवन, साउन २६। कृषि ज्ञान केन्द्र चितवनले यस वर्ष १०० प्रतिशत नै धान रोपाइँ भएको बताएको छ ।

    जिल्लाको खेती योग्य २२ हजार ९२७ हेक्टर क्षत्रफलमै रोपाइँ सकिएको केन्द्रले आज (बिहीबार) नारायणी अनलाइनलाई जानकारी दिएको हो ।
    गत वर्ष पनि यही अनुपातमा धान खेती भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनमगरले जानकारी दिए । केन्द्रका अनुसार यहाँका किसानले मुख्य गरी धान खेतीमा सावित्री, सावा मन्सुली, राम धान लगाउने गरेका छन् ।

    जिल्लामा प्रति हेक्टर धानको उत्पादकत्व ४.२१ देखि ४.०७ रहेको छ । गत आर्थिक वर्ष २०७७–०७८ मा भने घटेर ३.५९ मा झरेको थियो । बेमौसमी वर्षा र बाढीका कारण धानको उत्पादकत्व घटेको सूचना अधिकारी मगरको भनाइ छ । जस अनुरुप गत वर्ष ८२ हजार ३०७ दशमलब ९३ मेट्रिकटन धान उत्पादन भएको थियो ।

    तीन वर्षको जिल्लाको धान उत्पादन हेर्ने हो भने आर्थिक वर्ष २०७५–०७६ मा ९३ हजार ३१२ दशमलब ८९ मेट्रिकटन उत्पादन भएको थियो । यस्तै २०७६–०७७ मा ९६ हजार ५२२ दशमलब ६७ मेट्रिकटन धान उत्पादन भएको केन्द्रको तथ्याङ्कमा छ ।

    बीउ उत्पादनमा यस वर्ष ३ वटा कम्पनीलाई ५७ लाख प्रोत्साहन रकम दिएको मगरले बताए । धान रोपाइँ गरेका किसानहरुले अहिले धान गोड्ने काम सुरु गरिसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.