सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेघौली विमानस्थल घाँसे मैदानमा परिणत


  •    न्युजभित्तो/२६ श्रावण २०७९, बिहीबार १६:३२ 
  • चितवन, साउन २६। भरतपुर विमानस्थल झण्डै चार करोड नाफामा छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार भरतपुर विमानस्थलले गत आर्थिक वर्षमा चार करोड ७१ लाख आम्दानी गर्दा झण्डै चार करोड रुपैयाँ नाफा गरेको हो । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा भरतपुर विमानस्थलले गत आर्थिक वर्षमा ७८ लाख ९२ हजार खर्च गर्दा तीन करोड ९३ लाख नाफा गरेको छ ।

    भरतपुर विमानस्थलका उपप्रवन्धक दिपक विकका अनुसार विमानस्थलको मुख्य आम्दानीको स्रोत भनेकै यात्रुबाट लिइने विमानस्थल कर र जहाजहरुको अवतरण तथा पार्किङ शुल्क नै हो । पहिले प्रति यात्रु लिनेको गरेको विमानस्थल शुल्क २०० रुपैयाँ रहेकोमा अहिले बढेर प्रति यात्रु ४०० रुपैयाँ पुगेको छ ।

    अर्काेतिर पर्यटकहरु ओसार्नमा निकै चर्चित रहेको मेघौली विमानस्थल भने अहिले घाँसे मैदानमा परिणत भएको छ । यसको व्यवस्थापनको काम भने भरतपुर विमानस्थलले नै गर्ने हो । भरतपुर विमानस्थलका उपप्रवन्धक विकले कहिँलेकाही नेपाली सेनाले प्यारा ड्रपको लागि प्रयोग गर्ने भए पनि अहिले खासै यो विमानस्थल प्रयोगमा आउन नसकेको बताए । उनले भने, ‘नागरिक उड्डयन प्राधिकरणले मेघौली विमानस्थलबारे खासै कुनै नीति तथा योजना ल्याएको छैन । भविष्यमा केही योजना ल्याउन सक्छ । ’ चितवनको पहिचान र गौरवमय इतिहास बोकेको मेघौली विमानस्थल अहिले बेवारिसे अवस्थामा छ ।

    मेघौली विमानस्थलको बिगत

    सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मंसिरदेखि मेघौली विमानस्थल बन्द भएको हो । त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित छैन । विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जंगल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए । त्यसपछि मेघौली विमानस्थलमा नियमित उडान छैन ।

    विमानस्थल यतिबेला घाँसेमैदानमा परिणत भएको छ । कुनै बेला मेघौली एयरपोर्टमा १० वटासम्म जहाज उड्ने उत्रने गरेको स्थानीय व्यवसायी बताउँछन् । सबै जहाजमा टाइगरटप्स जंगल लजमा आउने खास गरेर विदेशी पाहुना नै हुने गर्दथे । भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमिनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । काठमाडौँबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली पुग्छ । विमानस्थलमा होटल टाइगरटप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेलसमेत हुने गरेको थियो । अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ । मेघौलीदेखि जगतपुरसम्मको क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन् ।

    चितवन र यस आसपासको क्षेत्रमा जनघनत्व बढ्दै गएकोले पनि भरतपुरसहित तराई क्षेत्रका विमानस्थल नाफामा नै रहेका छन् । आर्थिक गतिविधि समेत बढेको कारणले भरतपुर विमानस्थलमा हवाई माध्यमबाट आवतजावत गर्नेको संख्या बढ्दै गएको विमानस्थलले बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.