सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या


  •    न्युजभित्तो/२६ श्रावण २०७९, बिहीबार १५:४१ 
  • बझाङ,२६ श्रावण। बझाङको बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन्। आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन्।

    उनीहरु दुई घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णु सिंह बोहराले बताए। उनले भने, ‘विद्यार्थी एक पछि अर्को हुँदै बेहोस भए। पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले।’ बेहोस भएका सबैलाई घर पठाएर दोस्रो दिन स्वास्थ्यचौकीमा जाँच गराइएको उनले बताए। बेहोस भएका छात्रामा नबोल्ने तथा इशाराले घाँटी च्यापिएको बताउने, काँप्ने, बर्बराउनेजस्ता लक्षण देखा परेका छन्।

    विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सक बोलाइएको थियो। उनीहरुमा मासहिस्टेरिया भएको डा ईश्वर बलामीले बताए। उनले भने, ‘सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ। त्यसको जाँच गर्नुपर्छ। यो समस्याका लागि आइसोलेशनमा बस्नुपर्छ। सबै छात्रा एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केहीदिन छुट्टाछु्ट्टै राख्नुपर्छ।’

    चिन्ता तथा डरका कारण पनि त्यस्तो समस्या आउने गरेको चिकित्सक बलामीले बताए। एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमासमेत यस्तो समस्या आउने र यस्ता छात्रालाई अन्य स्वास्थ्य समस्या देखिएमा अस्पताल पुर्‍याउन पर्नेमा उनले जोड दिए। बिरामी परेकालाई केही दिन बिदामा घर बस्न सुझाव दिए पनि विद्यालयमा भने बिदा नदिइएको तर विभिन्न सञ्चार माध्यममा विद्यालय एक हप्तासम्म बन्द भएको भनेर समाचार सम्प्रेषण भएकामा विद्यालयले आपत्ति जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.